ताजा अपडेट »

बुटवलमा शनिबार मिनी म्याराथन हुने

शुक्रबार, १९ पुस २०८१, १० : ५४
146 Shares
शुक्रबार, १९ पुस २०८१
146 Shares

बुटवल । 'स्वास्थ्यका लागि दौड'-भन्ने मूल नारासहिछ बुटवलमा शनिबार मिनी म्याराथन प्रतियोगिता हुने भएको छ ।चिकित्सक संघ लुम्बिनी प्रदेशको आयोजनामा यहाँका विभिन्न संघ-संस्थामा आवद्ध  सदस्यहरू बीच दौड प्रतियोगिता हुने भएको हो ।

बुटवलको कालिकानगरदेखि तिलोत्तमाको मँगलापुरसम्म ७ किलोमिटर दूरीमा हुने प्रतियोगितामा व्यवसायिक धावक नभई संघ संस्थाका सदस्यहरु बीच प्रतियोगिता गर्न लागिएको संघका अध्यक्ष डा. कृष्ण खरेलले जानकारी दिए । प्रतियोगिता बारे जानकारी गराउन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै खरेलले आपसी सद्भाव र भातृत्व बिकासका लागि म्याराथन आयोजना गरिएको बताए । प्रतियोगितामा विजेताले १५ हजार, उपविजेताले १० हजार तथा तृतीय हुनेले ७ हजार नगद राशी प्राप्त गर्ने छन् । प्रतिय‍ोगितामा महिला र पुरुष गरी दुबै समूहका विजेताले समान पुरस्कार प्राप्त गर्ने संघका महासचिव प्रकाश बस्नेतले जानकारी दिए ।

प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको र करिब १५० धावक सहभागी हुने अनुमान गरिएको महासचिव बस्नेतले जानकारी दिए । शनिबार विहान ८ बजे बुटवलको कालिकानगरबाट सुरु भएको दौड तिलोत्तमाको मँगलापुरमा पुगेर सकिने छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।