ताजा अपडेट »

बुटवलमा भोलीदेखि रोट्रयाक डिष्ट्रिकको १७ औं राष्ट्रिय सम्मेलन

विहीबार, १८ पुस २०८१, १२ : ३१
56 Shares
विहीबार, १८ पुस २०८१
56 Shares

बुटवल ।  रोट्याक डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानको १७ औं राष्ट्रिय सम्मेलन बुटवलमा हुने भएको छ । पुसको १९ र २० गते बुटवलमा हुने सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । रोट्याक डिष्ट्रिक्ट ३२९२ नेपाल भुटानको वर्ष २०२४र२५ को लागि राष्ट्रिय अध्यक्ष अर्थात डि।आर। आर  रोट्याक्टर विक्रम क्षेत्रीले सम्मेलनको सबै तयारी पूरा भएको जानकारी दिए । 

बुटवल रामनगरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रोट्याक क्लव अफ बुटवल साउथको आतिथ्यतामा हुने सम्मेलनमा देशभरबाट एक हजारबढि रोट्याक्टर, शुभेच्छुक तथा अभियान्ताहरुको सहभागिता रहने आयोजकले गराएको हो ।  सम्मेलनमा ३ वटा प्यानल डिष्कसनको कार्यक्रम समेत राखिएको डिष्ट्रिक  मिडिया संयोजक आविस्कार खनालले जानकारी दिए । उनका अनुसार सम्मेलनको उद्घाटन युवा नेता चन्द्र भण्डारीले गर्ने र कार्यक्रममा युवा नेता ज्ञानेन्द्र शाही, ठाकुर गैरेलगायतका राजनीतिज्ञहरुको सहभागीता हुने छ । यस्तै आधात्मिक शेसन र विजनेश शेसन गरी अन्य थप २ वटा शेसन समेत आयोजना गरिने रोट्याक डिस्ट्रिक्टका सह सचीव अनुप पाण्डेले बताए। 

सम्मेलनमा सहभागिहरुको लागि बुटवल लगायत विभिन्न स्थानको भ्रमण सहितको कार्यक्रम समेत तय गरिएको र सम्मेलनले बुटवलको चहलपहल पनि बढ्ने  सत्रौं राष्ट्रिय सम्मेलनका सम्मेलनका चियर तथा रोट्रयाक्ट क्लब अफ बुटवल साउथका पूर्व अध्यक्ष रितेश ज्ञवालीले  जनकारी दिए । सहभागीहरुले रजिष्टेसन बापत संकलन गरिएको रकमसँगै केही स्थानीय तह र उधोगि ब्यवयासिक सघ सस्थाको सहयोगमा राष्ट्रिय सम्मेलन आयोजना गर्न लागिएको उनले बताए । रोट्याक्ट क्लव अफ बुटवल साउथको आतिथ्यतामा हुन लागेको सम्मेलनको तयारि पूरा भइसकेको साउथका अध्यक्ष सुदिप पौडेलले बताए । 

देशभरबाट आउने पाहुनाहरुको लागि बस्नको लागि बुटवलका होटल व्यवसायिहरुसंग सहकार्य गरी केही छुटमा राख्ने गरी काम गरिएको समेत उनले जानकारी दिए । उक्त कार्यक्रम सम्पन्न गर्नकालागि देशैभरीका २० रोट्याक्ट क्लवहरुले सहआतिथ्यताको भुमिकामा निभाएका छन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।