ताजा अपडेट »

बुटवलले बनायो नगर गान, नगरसभाबाट अनुमोदन (भिडियोसहित)

बुधबार, १७ पुस २०८१, २१ : ०३
190 Shares
बुधबार, १७ पुस २०८१
190 Shares

बुटवल। बुटवल उपमहानगरपालिकाले नगर गान तयार गरेको छ। खुला प्रतिस्पर्धाबाट नगर गान छनोट गरी नगर कार्यपालिका बैठकबाट पारित गर्दै नगर सभाबाट अनुमोदन गरिएको हो।

१४ जनाले पेश गरेका नगर गानमध्ये बुटवलका डिल्लीनारायण पाण्डेले रचना गरेको नगर गान उत्कृष्ट भएको हो। सोही नगरगान बुधबारको नगर सभाले अनुमोदन गर्दै प्रचलनमा ल्याएको नगर प्रमुख खेलराज पाण्डेयले बताए।

नगर गानमा बुटवलको ऐतिहासिकता, कला संस्कृति र समावेशी विषयहरु समावेश छन्।

यस्तो छ नगरगान

चुरे पहाड, उर्वर तराई, तिनाउ कलकल

रामापिथेकश, बुद्धवल्ली गौरव बुटवल ।

बहु भाषा, धर्म संस्कार, थरिथरि जाति

वसन्तपुर, नुवाकोट मुस्कुराउँछन् माथि ।

मणिमुकुन्द, उजिरसिंह, जितगढीको माटो

घिउ बेचेर नुनतेल साट्ने पुर्खाको यही बाटो ।

 

कृषि, उद्योग, व्यापार र पर्यटनको लहर

देशकै अब्बल शिक्षा, स्वास्थ्य आधुनिक सहर ।

प्राकृतिक सम्पदा र सभ्यताको खानी

सिद्धभूमि बुटवलबासी हामी भाग्यमानी ।

हाम्रो खस्यौली

राम्रो बटौली

प्यारो बुटवल ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।