ताजा अपडेट »

नवनियुक्त पाँच राजदूतद्वारा पद तथा गोपनीयताको शपथ

बुधबार, १७ पुस २०८१, १३ : ३८
10 Shares
बुधबार, १७ पुस २०८१
10 Shares

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेल समक्ष विभिन्न मुलुकका लागि नवनियुक्त राजदूतले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित  कार्यक्रममा उनले गणतन्त्र पोर्चुगल, मलेलिया, गणतन्त्र दक्षिण अफ्रिका, बेल्जियम अधिराज्य, डेनमार्कका लागि नवनियुक्त राजदूतलाई शपथ गराएका हन् ।

राजदूत प्रकाशमणी पौडेल गणतन्त्र पोर्चुगल, डा. नेत्रप्रसाद तिम्सिना मलेसिया, प्रा डा. कपिलमान श्रेष्ठ गणतन्त्र दक्षिण अफ्रिका, सेवा लम्साल बेल्जियम अधिराज्य र सुम्निमा तुलाधर डेनमार्कले आज  राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।