ताजा अपडेट »

‘राष्ट्रिय ढाका टोपी दिवस र अङ्ग्रेजी नयाँ वर्षको शुभकामना’

बुधबार, १७ पुस २०८१, ११ : ४७
74 Shares
बुधबार, १७ पुस २०८१
74 Shares

राजेन्द्र कुँबर/ राष्ट्रिय ढाका टोपी दिवस र अङ्ग्रेजी नयाँ वर्ष सन् २०२५ को हार्दिक मंगलमय शुभकामना !
 आजको दिन जन्मोत्सव परेका मेरा प्रियजनमा सु स्वास्थ्य , दीर्घायू एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना।

गाउँ भक्ति त मर्दैन बसाइँ टाढा भए पनि
देश भक्ति त मर्दैन चुत्थै देश भए पनि !!
बालकृष्ण सम ( Remix )
     मजस्ता फकिरको सन २०२४  केही छिटफुट स्वास्थ्य  समस्या बाहेक हर्ष र उल्लासमा बित्यो। ढाका टोपी दिवश र  नव वर्ष  सन २०२५ को पावन अवसरमा मेरा सम्पूर्ण आदरणीय बुबाआमा,दाजुभाइ  ,दिदीबहिनी ,
साथीसङ्गी इष्ट मित्र  , गुरु , शिष्य तथा सम्पूर्ण शुभेच्छुकहरुमा ,मृत्युलाई सहज रुपमा लिइ , राजनैतिक स्थिरता एवम् विविध  समस्याबाट  सत् प्रतिशत विजय हासिल गर्दै  सुख, शान्ति ,आरोग्य , दिर्घायू एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
     सन् २०२४ लाई फर्केर हेर्दा मेरा लागि यो वर्ष केही महिना त्यति सुखद  रहेन  । केही   आफ्ना  मानिसलाई  विश्वास गर्दा  र स्वास्थ्यमा समस्या पर्दा केही दुःख अनुभूति  पक्कै भयो यद्दपि जीवनका महत्वपूर्ण पाठहरु सिक्ने र आफू सच्चिने अवसर भने पक्कै मिलेको छ ।   सन् २०२४ मा जानी नजानी आफ्नै खति गरिए होला तर जानी  बुझी घर परिवार बाहेकलाई दुख कष्ट एवम् फट्याइँ गर्ने काम गरिएन । 
    शैक्षिक बटुवा भएका नाताले शिक्षामा केही फरक नै गरियो। शिक्षासँग सम्बन्धित नानी बाबु , अभिभावक एवम् सहकर्मी र शुभेच्छुकसँगको सम्बन्धमा पनि साना तिना मनमुटाव रहे होलान् । समग्रमा उल्लेखनीय नै रहे ।
  
 सम्पूर्ण छरछिमेक, इष्ट मित्रसंगको सामिप्यता पनि उच्च बिन्दुमा पुगेको महसुस भएको छ। जानेर वा नजानेर ,बुझेर वा नबुझेर ,आफ्नै विवेकले वा उक्साहटमा कसैलाई प्रत्यक्ष भेटमा ,फोनमा , सामाजिक सञ्जालमा वा कुनै पनि माध्यमबाट मन दुखाएको भए हृर्दयबाट नै माफी चाहन्छु र  सन २०२५ मा पनि  एकै पटक सत प्रतिशत सुध्रिन असम्भव भएकाले त्यस तहका  साना तिना कार्य निरन्तर रहने भएकाले सोही अनुसार बुझी , बुझाइ दिनुहुन हार्दिक अनुरोध गर्दछु।

 जीवनका विभिन्न आयामलाई मैंले ७ भागमा विभाजन गरेर काम गर्ने र सोको स्वयं मुल्यांकन गरी कछुवा गतिमा सुधार गर्ने गरेको छु।
१ पारिवारिक जीवन : समय व्यवस्थापन गर्न नजान्नु
१ शैक्षिक जीवन : सम्पूर्ण रुपमा लाग्नु , नेतृत्व गर्न नजान्नु ।
३ सामाजिक जीवन : अत्यन्तै मिहिनेत गरेर निर्माण गरेको , निरन्तरता दिन नसक्नु 
४ आर्थिक जीवन : हिसाब र पिसाव ठिक नभएको नेपाली उखानको चरितार्थ ।
५ राजनैतिक जीवन : कागलाई बेल पाक्यो हर्ष न विस्मात !
६ साँस्कृतिक जीवन : सुधार गर्न अति आवश्यक 
६ विलासिताको जीवन : क्रमिक रुपमा घटाउनु पर्ने ।
७ सम्बन्ध गत जीवन : जन्मभूमिलाई अलि बढी महत्व दिनु पर्ने ।

   विविध समस्याको  विचमा पनि  सन् २०२४ मा जे गरियो  ,जसरी गरियो  ,मन वचन र कर्मले समर्पित भएर गरियो । ९९% सफल जीवन व्यतीत गरेको महसुस अन्तर आत्माले गरेको छ । त्यसलाई निरन्तरता दिई अझै उचाइमा पुर्याउन निम्न कुरामा सचेतता अपनाइ अगाडि बढ्ने निर्णय सन् २०२४ को अन्तिम दिन कार्यक्षेत्रमा  हर्षोल्लास सहित  बिताइयो । अलिकति वाचा पनि गरियो। आफैंलाई  मनन गरियो ।

१ सबै तह र तप्काका नकारात्मक सोच र चिन्तनले प्रेरित आहारिसे विचारका साथी भाइसित दुरी कायम गर्न कोसिस गर्ने ।
२ द्रव्य पिशाचको सङ्गत क्रमिक रूपमा छोड्ने।
३ लवाइ,खबाइ , हिडाइँ र डुलाइमा सकभर सादगता प्रर्दशन गर्ने ।
४ योगा तथा ध्यानलाई जीवन पथमा समावेश गर्ने।
५ साकाहारी खानालाई बढी प्राथमिकता दिने।
६ प्रविधिमैत्री शिक्षामा आफूलाई सक्रिय बनाउने ।
७ बौद्धिक लेखनमा अलिअलि सक्रिय रहने ।
८ कुनै पनि हालतमा  तनाव नियन्त्रण गर्न आवश्यक सम्पूर्ण विधि ,बिधान र बाटो अवलम्बन गर्ने।
८ बढी सुन्ने र कम बोल्ने बानीका लागि अभ्यास गर्ने ।
९ जन्म घरतिर अलि बढी आउजाउ गर्ने ।
१० सामर्थ्य अनुसारको मात्र रिन धन खाने।
११ जानी बुझी कसैलाई अन्याय नगर्ने ।
१२ अन्यायको विरुद्धमा सबै खालका हतकन्डा प्रयोग गर्ने ( अन्याय गर्ने ..... ‌सहने पापी हो )
१३ व्यक्तिगत एवम् पारिवारिक स्वास्थ्यमा विशेष ध्यान पुर्याउने ।
१४ सामाजिक सञ्जालको प्रयोग कम गर्न अभ्यास गर्ने ।
१५ सम्पूर्ण आदरणीय बुबाआमा , दाजुभाइ तथा दिदी बहिनी र साथी भाइका सल्लाह र सुझावलाई मनन गर्ने।
१६ सकभर गल्ती नगर्ने गरे तत्काल आत्माआलोचना गर्ने।
१७ रिस जिरो गराउन कोसिस गर्ने ।

  अन्त्यमा  मूलत आर्थिक  समस्या , युवाहरूको  विदेश पलायन , राजनैतिक अस्थिरता र बिबिध कारणले समस्यामा परेका सबैलाई  हर विधामा विजय प्राप्त गर्नु हुने पुर्ण विश्वाश गर्दै   टोपी  दिवस  तथा अङ्ग्रेजी नयाँ वर्ष सन् २०२५ सालको पावन अवसरमा पुनः यहाँको सु-स्वास्थ्य  ,दीर्घायू एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।