ताजा अपडेट »

रुपन्देहीको सालझण्डीमा नेपाल-भारत संयुक्त सैन्य अभ्यास सुरु

बुधबार, १७ पुस २०८१, ०७ : २५
118 Shares
बुधबार, १७ पुस २०८१
118 Shares

काठमाडौं । नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै आएको संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को १८औँ संस्करण मँगलबारदेखि सुरु भएको छ। रूपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा मंगलबार अभ्यासको आरम्भ मध्यपश्चिम पृतनाका पृतनापति उपरथी प्रेमबहादुर पुनले गरे।

नेपाली सेनाबाट प्रमुख सेनानी निराजन कटवालको नेतृत्वमा र भारतीय सेनाबाट कर्णेल जपेन्दरपाल सिंहको नेतृत्वमा ६६८ सैनिक सहभागी भई सञ्चालन भएको  संयुक्त अभ्यास यही पुस २९ गते सम्पन्न हुने नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

यसअघि नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास सूर्य किरणको सत्रौँ संस्करण मित्रराष्ट्र भारतको उत्तराखण्ड राज्यको पिथौरागढमा सम्पन्न भएको थियो। विसं २०६७ देखि नेपाल र भारतमा वार्षिकरूपमा आलोपालो गरी सञ्चालन हुँदै आएको संयुक्त अभ्यास हालसम्म दुवै देशमा गरी १७ पटक सफलतापूर्वक सञ्चालन भइसकेको छ।

अभ्यासमा मुख्यगरी विपद् व्यवस्थापन, प्रतिव्रिदोह, प्रतिआतङ्कवाद, जङ्गल युद्धकला, मानवीय सहयोगलगायतका विषयमा दुई देशका सैनिकले सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभव आदानप्रदान हुने। यो अभ्यासले दुई देशबीच सदियौँदेखि रहँदै आएको मैत्रीपूर्ण पारस्परिक सम्बन्धलाई अझ प्रगाढ बनाउनुका साथै दुवै देशको सेनामा पेशागत सीपको विकास तथा आपसी समझदारीमा अभिवृद्धि हुने विश्वास नेपाली सेनाले लिएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।