ताजा अपडेट »

बसले थिच्दा सशस्त्र प्रहरी निरीक्षकको ज्यान गयो

बुधबार, १७ पुस २०८१, ०७ : १७
372 Shares
बुधबार, १७ पुस २०८१
372 Shares

सर्लाही । सर्लाहीमा यात्रुबाहक बस अनियन्त्रित भई पल्टिँदा ड्युटीमा रहेका एक जना सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ । प्रहरी निरीक्षक विजयकुमार तुलाधरको ज्यान गएको हो । 

गएराति पौने ९ बजे बलरा नगरपालिका ९ स्थित बीओपी छतौनाको गेट अगाडि बस पल्टिँदा बसले उनलाई थिचेको थियो । गम्भीर घाइते उनलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएकोमा चिकित्सकहरुले राति पौने १० बजे मृत घोषणा गरेका थिए ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।