ताजा अपडेट »

आजदेखि अँग्रेजी नयाँ वर्ष २०२५ प्रारम्भ

बुधबार, १७ पुस २०८१, ०६ : ४४
58 Shares
बुधबार, १७ पुस २०८१
58 Shares

बुटवल । आजबाट अँग्रेजी नयाँ वर्ष इस्वी संवत सन् २०२५ प्रारम्भ भएको छ । नेपालीसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन् ।

ग्रेगोरियन पात्रोअनुसार सन् २०२४ को बिदाइ र नयाँ वर्ष सन् २०२५ को स्वागतमा विश्वभर विभिन्न कार्यक्रमहरु आयोजना भएका छन् । यशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिन्छ । इस्वी संवतको नयाँ वर्षको अवसरमा नेपालमा पनि शुभकामना आदानप्रदान, सांगीतिक प्रस्तुतीलगायतका विभिन्न कार्यक्रमहरु भइरहेका छन् ।

नेपालका मुख्य शहर तथा विशेष गरी विदेशी पर्यटकहरु रहने स्थानमा विविध साँस्कृतिक कार्यक्रमसहित नयाँ वर्षको स्वागत गरिएको छ । विश्वभरका नेताहरुले नयाँ वर्षको शुभकामना दिँदै विश्वमा शान्ति र समृद्धिको कामना गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।