ताजा अपडेट »

मगर संघ रुपन्देहीको अध्यक्षमा थर्क बारघरेमगर

मंगलबार, १६ पुस २०८१, २० : ४६
52 Shares
मंगलबार, १६ पुस २०८१
52 Shares

बुटवल । नेपाल मगर संघ जिल्ला समन्वय समिति रुपन्देहीको पुष १४ गतेदेखि सुरुभएको २३ औं जिल्ला अधिवेशन २५ सदस्यीय नयाँ नेतृत्व चयन गर्दै बुटवलमा सम्पन्न भएको छ । अधिवेशनले थर्क बहादुर बारघरेमगरलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको छ ।

यसअघि जिल्ला समितिमा सदस्य, सचिव र उपाध्यक्ष रहेर महत्वपूर्ण जिम्मेवारी निर्वाह गरेका बारघरे अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुनु । यसैगरि निर्वाचन मार्फत उपाध्यक्षमा टेक बहादुर रेस्मीमगर निर्वाचित भएका छन् । उपाध्यक्ष र सचिवमा आकांक्षीहरु धेरै भएपछि निर्वाचन मार्फत नेतृत्व टुङ्गयाइएको निर्वाचन समितिका संयोजक गीता सारुमगरले जानकारी दिए ।

निर्वाचन समितिका अनुसार उपाध्यक्षमा रेस्मीले कुल खसेको ५९ मतमा ४६ मत प्राप्त गरि निर्वाचित भए । उपाध्यक्षका अर्का दावेदार इन्दु थापामगरले १२ मत प्राप्त गर्नुभएको थियो भने एक मत बदर भएको थियो । यसैगरि सचिवमा राधिका श्रीसमगर निर्वाचित भइन् । तीन जना उम्मेद्वार रहेको सचिव पद्मा श्रीसले ३६ मत प्राप्त गरि निर्वाचित भइन् ।

सचिवका अर्का दावेदार मान बहादुर बुढाथोकीमगरले १८ र तेज बहादुर रानामगरले तीन मत प्राप्त गरे ।  यसैगरि सहसचिवमा भेक बहादुर सारुमगर र कोषाध्यक्षमा रुद्रवीर चिडिमगर निर्वाचित भए ।

यसैगरि संघको सदस्यहरुमा श्याम बहादुर रानामगर, विनिता थापामगर, खीमा श्रीसमगर, भोम बहादुर बुढामगर, छवी रानामगर, चन्दा थापामगर, शोभकुमारी थापा, विना पुनमगर, नेक बहादुर थापामगर, टेक बहादुर पुलामीमगर, लिल बहादुर दर्लामीमगर, मीन बहादुर पल्लीमगर, झविलाल थापामगर र मिठ्ठुमाया थापामगर निर्वाचित भइन् ।  निर्वाचित समितिलाई नेपाल मगर संघका कन्द्रीय सहअध्यक्ष गंगा थापामगरले बधाई तथा शुभकामना व्यक्त गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।