ताजा अपडेट »

बुटवलको कालिकानगरमा ‘करेन्ट पोइन्ट’, देशभर संचालनमा ल्याइने

मंगलबार, १६ पुस २०८१, १८ : २४
5.04K Shares
मंगलबार, १६ पुस २०८१
5.04K Shares

बुटवल। नेपालकै सर्वोत्कृष्ट तथा नेपालीहरूले अत्यधिक रूपमा रुचाएको चाउचाउ ब्रान्ड करेन्टका उत्पादक यशोदा फुड्स प्रा. लि. ले ग्राहकहरूलाई आफ्ना उत्पादनहरूको स्वाद पस्कने गरी बुटवलको कालिकानगरमा ‘करेन्ट पोइन्ट’ सञ्चालनमा ल्याएको छ । करेन्ट ब्रान्डका सबै परिकार पाइने गरी मंगलबारदेखि कालिकानगरमा सञ्चालनमा आएको ‘करेन्ट पोइन्ट’ को शुभारम्भ बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले गरेका हुन् । सो पाेइन्टको शुभारम्भ कार्यक्रमा बोल्दै अध्यक्ष अर्यालले यशोदा फुड्सका उत्पादनहरू गुणस्तरीय रहेको बताउँदै स्वास्थ्यका लागि पनि फाइदाजनक रहेको बताए । 

4444

उनले यशोदा फुड्सले राष्ट्रिय अर्थतन्त्रको विकासमा समेत महत्त्वपूर्ण योगदान दिएको बताउँदै कुनै बेला घ्युको बजारको रूपमा परिचित भएको बुटवल यशोदा फुड्सकै कारण बजारमा चाउचाउकाे नामले परिचित भएको भन्दै प्रशंसा गरे । उनले करेन्टका उत्पादनहरू नेपालसहित अमेरिका, क्यान्डा, जापानका साथै एशिया तथा युरोपका प्रमुख देशमा निर्यात गरि उद्योगले बुटवललाई विश्व बजारमा परिचित गराउन सफल भएको भन्दै बधाई समेत दिएका थिए ।

कार्यक्रममा बोल्दै यशोदा फुड्सका निर्देशक चुन्नप्रसाद पौडेलले हामीले यहाँ आफ्ना सबै ब्रान्डका उत्पादनहरुका फरक–फरक परिकारहरु तयार गरी ती परिकारका स्वाद ग्राहकलाई पस्कने गरी आउटलेट सञ्चालनमा ल्याएको बताए। उनले ग्राहकले आफूले रुचाएका हाम्रा उत्पादनहरू यसै आउटलेटबाट खरिद समेत गर्न सक्ने बताए । 

wwwwww

ग्राहकलाई आफ्ना उत्पादनहरूका परिकार तयार गरी खुवाउने तथा उनीहरूको तत्काल प्रतिक्रिया पनि लिने उद्देश्यका साथ नेपालमै पहिलो पटक यस्तो आउट लेट सञ्चालनमा ल्याइएको यशोदा फुड्सका अर्का निर्देशक नितेश मालपानीले ग्लोबल आवाजलाई जानकारी गराए । उनले कुनै पनि नुडल्स कम्पनीले आफ्नै आउटलेटबाट ग्राहकलाइ नुडल्सका परीकार तयार गरी खुवाउने नेपालमै पहिलाे र नाैलाे प्रयाेग भएकाे पनि बताए । 

शुभारम्भ कार्यक्रममा उद्योगका निर्देशक नरिश्वर पौडेल, निर्देशक अर्जुन भन्डारी, यशाेदा ग्रुपका ग्रुप सिइओ जीपी साह, उद्याेगका व्यवस्थापक मधुसुदन घिमिरे, बुटवल उद्योग वाणिज्य संघका कोषाध्यक्ष बसन्त ढकाल, सम्विधान सभा सदस्य प्रमाेद यादव, अटाे व्यवसायी याेगेश घिमिरे लगायत विभिन्न व्यवसायीक संघ संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । 

यशोदा फुड्सले करेन्ट हट एण्ड स्पाइसी, करेन्ट २× स्पाइसी, करेन्ट ३× स्पाइसी, करेन्ट सेजवान, करेन्ट चिज एण्ड बटर, करेन्ट मसरुम तथा करेन्ट कप नुडल्स, करेन्ट चिकन पिजा, करेन्ट अकबरे, करेन्ट चटपट, करेन्ट मसला नुडल्स, लाली लगायतका ब्रान्डमा आफ्ना उत्पादनहरू बजारमा बिक्री तथा वितरण गर्दै आइरहेको छ ।

यस्तै स्न्याक्स अन्तर्गत करेन्ट चिजबल, करेन्ट हट एण्ड स्पाइसी स्टिक्स, करेन्ट पोटाटो क्रयाकर, करेन्ट पोटाटो स्टिक्स, करेन्ट अचारी स्टिक्स, करेन्ट हट एण्ड लेमन स्टिक्स, करेन्ट ओनियन रिङ्ग, करेन्ट कोदो, करेन्ट कोदो चिपस, करेन्ट फापर चिपसलगायतका आफ्ना प्रिमियम उत्पादनहरू नेपालमा बिक्री गर्नुका साथै विश्व बजारमा समेत निर्यात गर्दै आइरहेको छ ।

66666

यशोदा ग्रुप अन्तर्गतकै त्रिमूर्ति इन्डष्ट्रिजका करेन्ट ब्रान्डमा मिट मसला, चिकन मसला, मिक्स मसला, चाउमिन मसला, चाट मसला, मोमो मसला, सब्जि मसला, राजमा मसला, बिरीयानी मसला, गरम मसला, चटपटे मसला, चना मसला, फिस करि, बेसार, खुर्सानी, जीरा पाउडर, धनियाँ पाउडर, कसमिरी पाउडरका साथै करेन्ट मसला चिया, सिटिसि चिया, करेन्ट डस चिया लगायत उत्पादनहरू उपलब्ध रहेका छन् ।  

यशोदा फुड्स रुपन्देहीको तिलोत्तमामा २०७३ सालमा स्थापना भई २०७४ सालबाट उत्पादन सुरु गरेको होे । कम्पनीले ‘करेन्ट’लाई प्रिमियम नेपाली ब्राण्डको रूपमा नेपाल लगायत विश्व बजारमै स्थापित गराई सकेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।