ताजा अपडेट »

‘कानुन कार्यान्वयनमा सरकार क्रियाशील छ’

मंगलबार, १६ पुस २०८१, १४ : ५६
22 Shares
मंगलबार, १६ पुस २०८१
22 Shares

चितवन। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कानुन कार्यान्वयनमा सरकार क्रियाशील रहेको बताएका छन् । 

आज यहाँ पत्रकारहरुसँग कुरा गर्दै उनले आफ्नो मन्त्रालयसँग सम्बन्धित कानुन कार्यान्वयनमा आफू क्रियाशील रहेको बताए । उनले नीतिगत सुधारलाई केन्द्रमा राखेर आफूले काम गरिरहेको बताए ।

सीमित स्रोतसाधनबाट सेवा विस्तार गर्नुपर्ने मान्यताका साथ स्वास्थ्य मन्त्रालयले स्वास्थ्य जनशक्ति उत्पादन वृद्धिका साथै वर्तमान सरकार गठन भएपछि विभिन्न अस्पतालमा दुई सय शय्या विस्तार गरिएको बताए । उनले भरतपुर अस्पताल र बिपी कोइराला स्मृति क्यान्सर अस्पताललाई व्यवस्थित गरिने प्रतिबद्धता व्यक्त गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।