ताजा अपडेट »

कांग्रेसको महाधिवेशन आम निर्वाचनपछि गर्नु उपयुक्त

मंगलबार, १६ पुस २०८१, १४ : ३९
36 Shares
मंगलबार, १६ पुस २०८१
36 Shares

कांग्रेसको महाधिवेशन आम निर्वाचनपछि गर्नु उपयुक्त
चितवन । नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले नेपाली कांग्रेसको महाधिवेशन तोकिएको समयमा या आम निर्वाचनपछि गर्नु उपयुक्त हुने बताएका छन् । 

आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उनले आम निर्वाचनको मुखमा महाधिवेशन गर्न उपयुक्त नहुने बताए । उनले भने, “विसं २०८४ मा आम निर्वाचन हुनेछ । त्यसको दुई वर्ष पहिले नै महाधिवेशन हुनुपर्ने हो । होइन भने निर्वाचनपछि गराउँदा उत्तम हुन्छ ।” 

निर्धारित समयमा अधिवेशन गराउँदा पार्टीभित्रको असन्तुष्टि हराएर जाने भन्दै उनले आम निर्वाचनको मुखमा महाधिवेशन गराउँदा पार्टीभित्रको तिक्तता आम निर्वाचनमा पर्ने बताए । 

उनले भने, “कोइराला परिवार एक होइन विचार एक हुनु पर्याे । विचार एक भए हुन्छ ।” महाधिवेशनका लागि आफ्नो स्पष्ट खाका रहेको बताउँदै उनले पार्टीलाई एक ढिक्का बनाउने, पार्टीभित्रको गुट-उपगुट अन्त्य गर्नुपर्ने, भ्रातृ संस्थाहरुलाई दुरुस्त राख्ने र कसैलाई काखापाखा नगर्ने नेतृत्व आवश्यक रहेको बताए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।