ताजा अपडेट »

पार्टीको अभियानलाई प्रभावकारी बनाउन अध्यक्ष यादव लुम्बिनीमा

मंगलबार, १६ पुस २०८१, ०९ : ५४
46 Shares
मंगलबार, १६ पुस २०८१
46 Shares

बुटवल । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव जनतासँग जसपा नेपाल, आधारभूत संगठन निर्माण अभियानलाई प्रभावकारी बनाउन पाँच दिने राजनीतिक कार्यक्रम लिएर लुम्बिनी प्रदेश आएका छन् ।

पुस १५ गतेदेखि पुस १९ गतेसम्मको कार्यतालिका बोकेर अध्यक्ष यादव लुम्बिनी प्रदेश पुगेको पार्टीको प्रचार विभागले जानकारी दिएको छ । अध्यक्ष यादवले मङ्गलबार परासीको बहुमुखी क्याम्पसमा जिल्ला कार्यसमिति र सम्पूर्ण भ्रातृसंगठनका अगुवा कार्यकर्तालाई प्रशिक्षण दिने छन् । जसपा नेपालले पुस १७ गते बाँके जिल्लाको नेपालगञ्जस्थित जिल्ला समन्वयको सभाहलमा जनतासँग जसपा नेपालसँग, आधारभूत संगठन निर्माण अभियानसम्बन्धी कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रममा अध्यक्ष यादव प्रमुख वक्ता भई कार्यक्रमलाई सम्बोधन गर्ने बताइएको छ ।

अध्यक्ष यादव पुस १८ गते पार्टीले बाँकेको नरैनापुर गाउँँपालिकामा र पुस १९ गते बर्दियाको गुलरियामा आयोजना गर्ने अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ । अध्यक्ष यादवले सोमबार नवलपरासी जिल्ला समितिद्वारा संगठन निर्माण अभियानअन्तर्गत रामग्रामको हुकईमा आयोजित सभालाई सम्बोधन गरेका थिए ।  
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।