काठमाडौं । आज बौद्धधर्मालम्बीहरुको दोस्रो ठूलो चाड तोल ल्होसार पर्व मनाइदै छ । यो पर्व नयाँ बर्षको स्वागतका लागि मनाउने सबैभन्दा पुरानो ल्होसार हो ।
पौष शुक्ल प्रतिपदाको दिनमा हिमाली क्षेत्रका मानिसहरुले धुमधामका साथ यो चाड मनाउने गर्दछन । बिषेशगरी यो पर्वमा आकाशतर्फ गहुँको पिठो उडाएर देवताको विजय र भुतको पराजयको कामना गरिन्छ ।
त्यसैगरी मान्यजनहरुको आर्शिवाद लिई बाबरी रोटी, फुरौला, कन्दमुल खाएर तोल ल्होसार मनाइन्छ । तोलको अर्थ समयचक्र हुन्छ । त्यसैले यो ल्होसारलाई समयचक्र संवत्सर पनि भन्ने गरिन्छ । यो ल्होसार सोनाम ल्होसार जस्तैगरी मनाइन्छ ।
प्रतिक्रिया