बुटवल । ग्लोबल आवाज डट कम अनलाइन र संचारिका समूह लुम्बिनी प्रदेशको बीचमा आचारसंहिता पालना गर्ने गरी सहकार्य भएको छ ।
सोमबार ग्लोबल आवाजका प्रबन्ध सम्पादक गौतम भुसाल र संचारिका समूह लुम्बिनी प्रदेश अध्यक्ष अमृता अनमोलले ५ बुँदे आचारसंहितामा हस्तारक्षर गरेका हुन् ।
सो अवसरमा बोल्दै ग्लोबल आवाजका प्रबन्ध सम्पादक गौतम भुसालले आफुहरुले लैंगिक नीति नबनाएता पनि व्यवहारिक रुपमा भने स्थापनादेखि नै लैैगिक समानता र समावेशीकरणलाई ध्यान दिएर समाचार साम्रगीहरु प्रकाशन गदै आएको बताए ।
साथै उनले आगामी दिनमा पनि यसलाई निरन्तर रुपमा पालना गर्न सिङ्गो ग्लोबल आवाज टिम प्रतिबद्ध रहेको बताए ।
नागरिकहरुलाई सुसुचित गर्ने प्रमुख माध्यम संचार माध्यम भएकाले प्रकाशित सबै साम्रगीहरु लैंगिक मैत्री र समावेशीकरण मैत्री बनाउन सकिए मात्रै समाज लैंगिकमैत्री र समावेशीकरण हुने भएकाले अभियानका रुपमा नै सुरुवात गरिएको संचारिका समूहकी लुम्बिनी प्रदेश अध्यक्ष अमृता अनमोलले बताइन् ।
साथै उनले यो अभियान लुम्बिनी प्रदेश भर नै संचालन गर्ने गरी आफुहरु लागेको बताइन् । बुद्ध सामुदायिक टेलिभिजनसँग पनि आचारसंहिता पालना गर्ने सम्बन्धी सहर्कायमा हस्ताक्षर भएको उनले बताइन् ।
प्रतिक्रिया