ताजा अपडेट »

पाल्पाको बसन्तपुरमा प्राणी शास्त्र अनुसन्धानकर्ताको राष्ट्रिय सम्मेलन

सोमबार, १५ पुस २०८१, १२ : १०
96 Shares
सोमबार, १५ पुस २०८१
96 Shares

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वातावरणी सन्तुलन कायम राख्न प्रदेश सरकारले हरेक क्षेत्रबाट सहकार्य गर्ने बताएका छन् । पाल्पाको बसन्तपुरमा प्राणी शास्त्र सम्बन्धी राष्ट्रिय सम्मेलनलाई सोमबार सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले पारिस्थितिक प्रणालीलाई सन्तुलनमा राख्न प्रदेश सरकारले हरेक क्षेत्रबाट सहकार्य गर्ने बताएका हुन् ।

‘वातावरणीय सन्तुलन जरुरी छ । पारिस्थितिक प्रणालीलाइ जोगाउन छ । यसकालागि लुम्बिनी प्रदेशमा यहाँहरुले गर्ने खोज अनुसन्धानबाट प्राप्त नतिजालाइ आधार मानेर सरकारले आफ्ना नीति, कार्यक्रम बनाउँछ ।’–उनले भने, ‘लुम्बिनी प्रदेश जैविक विविधताले धनी छ । यसलाई बचाइराख्न जरुरी छ । लोपन्मुख जिवजन्तुको संरक्षण जरुरी छ । मानिस जीवनको अस्तित्व जोगाउन पनि पारिस्थितिक प्रणाली संरक्षण गर्न जरुरी छ ।’ विकास र समृद्धिको आधारको रुपमा वातावरणीय क्षेत्र रहेको, यसको संरक्षण र मितव्ययि सदुपयोगबाट दिगो विकासको आधार निर्माण गर्न सकिने बताए । 

प्राणी शास्त्र केन्द्रीय विभाग र नेपाल जोलोजिकल सोसाइटीको संयुक्त आयोजनामा नेश्नल कंग्रेस अफ जोलोजि सुरु भएको हो । प्राज्ञिक, वैज्ञानिक, अनुसन्धानकर्ता र विद्यार्थीहरुस्लाई प्राणी विज्ञानको सबै पक्षमा अनुसन्धानको निश्कर्ष प्रस्तुत गरिएको  नेपाल जोलोजिकल सोसाइटिका अध्यक्ष प्राध्यापक प्रा.डा. महेन्द्र महर्जनले बताए ।

सम्मेलनमा जैविक विविधता र पारिस्थितीक प्रणाली, मानव बन्यजन्तु द्वन्द र न्युनिकरण लगायतका विषयमा छलफल  भइरहेको छ । सम्मेलनमा देशभरबाट १५० भन्दा बढ िप्राणीशास्त्रीहरुको सहभागीता रहेको छ । प्राणीशास्त्री र अनुसन्धानकर्ताहरु लुम्बिनी केबलकारको यात्रा मार्फत माथिल्लो  स्टेशन बसन्तपुरमा सम्मेलन गरी  प्रख्यात शक्ति पीठ कामाख्या मन्दिर दर्शन समेत गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।