ताजा अपडेट »

प्राणी शास्त्र सम्बन्धि सम्मेलन बुटवलमा

आइतबार, १४ पुस २०८१, २१ : २३
138 Shares
आइतबार, १४ पुस २०८१
138 Shares

बुटवल । प्राणी शास्त्र सम्बन्धी राष्ट्रिय सम्मेलन बुटवलमा सुरु भएको छ । प्राणी शास्त्र केन्द्रीय विभाग र नेपाल जोलोजिकल सोसाइटीको संयुक्त आयोजनामा नेश्नल कंग्रेस अफ जोलोजि सुरु भएको हो ।

सम्मेलन अन्तर्गत आइतबार सोसाइटिको साधारण सभा भएको छ । सोमबार नेश्लन कंग्रेस अफ जोलोजीको मुख्य कार्यक्रम हुने छ । सम्मेलनको लुम्बिनी प्रदशेका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गर्ने छन्।   प्राज्ञिक, बैज्ञानिक, अनुसन्धानकर्ता र विद्यार्थीहरुस्लाई प्राणी विज्ञानको सबै पक्षमा अनुसन्धानको निश्कर्ष प्रस्तुत गर्नु सम्मेलनको उदेश्य रहेको नेपाल जोलोजिकल सोसाइटिका अध्यक्ष प्राध्यापक प्रा.डा

महेन्द्र महर्जनले बताए ।
सम्मेलनमा जैविक विविधता र पारिस्थितीक प्रणाली, मानव बन्यजन्तु द्वन्द र न्युनिकरण लगायतका विषयमा छलफल हुने उहाँले जानकारी दिनुभयो । सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धान कर्ताका २५ कार्यपत्र प्रस्तुत हुने छन् ।
प्राणी शास्त्रका केन्द्रीय विमाग प्रमुख प्रा.डा. कुमार सापकोटाले नेपालको जैविकि विभिदतालाई समृद्धिसँग जोड्न सकिने उल्लेख गरे ।

उनले प्राणी शास्त्रको अनुसन्धानबाट धेरै देशले फाइदा लिएको बताए । सम्मेलनमा देशभरबाट १५० भन्दा बढि प्राणीशास्त्रीहरुको सहभागीता रहने नेपाल जोलोजिकल सोसाइटी लुम्बिनी प्रदशेका अध्यक्ष बाबुराम बन्जाडेले जानकारी दिए । सम्मेलनमा नेपालभरबाट आफ्ना अनुसन्धानका प्रस्तुती रहने हुँदा उत्सुकताका साथ हेरिएको  बताए ।

कार्यक्रमले लुम्बिनी प्रदेशको पर्यापर्यटन प्रवद्र्धनमा समेत योगदान गर्ने आशा गरिएको सोसाइटीका महासचिव हरिप्रसाद शर्माले जानकारी दिए। सम्मेलन अन्तर्गत पुस १६ गते प्राणीशास्त्री र अनुसन्धानकर्ताहरुलाई लुम्बिनीको दृष्यावलोनको व्यवस्था समेत गरिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।