बुटवल । पाल्पामा सुन चोरीको आरोपमा एक महिला पक्राउ रयर भएको आरोपमा एक महिला पक्राउ गरेकी छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार बगनासकाली गाउँपालिका-७ बस्ने ३४ वर्षीया रस्मी पचभैया पक्राउ परेकी हुन् ।
यही पौष १० सोही ठाउँकी पेमा पचभैयाले आफ्नो घर कोठामा रहेको टिनको बाकसमा राखेको सुनका गर गहनाहरु चोरी भएको भनि जिल्ला प्रहरी कार्यालय पाल्पामा आई निवेदन दिएकी थिइन् । उक्त घटना सम्बन्धी अनुसन्धान गर्ने क्रममा उक्त सुनका गर गहनाहरु आरोपित रस्मीले चोरी गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।अनुसन्धान गर्ने क्रममा उनले चोरी गरेको सुनका गहनाहरु जिल्ला पाल्पा रम्भा गाउँपालिका-३ बस्ने ३८ वर्षीय गम्भर सिं दुधराजले तानसेन नगरपालिका-२ नारायणस्थान स्थितमा संचालन गरेको पिपलडाँडे रम्भादेवी सुनचाँदी पसलमा बिक्री गरेको खुलेको हो । उक्त पसलका सञ्चालकलाई समेत पक्राउ गरि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
प्रतिक्रिया