बुटवल । बुटवलमा अन्तर विद्यालय स्तरीय २०८१ को तयारी पुरा भएको छ । बुटवल उपमहानगरपालिकाले विद्यालयस्तरमा खेलाडी उत्पादन गर्ने उदेश्यका यही पुस १६ गतेदेखि १८ गतेसम्म सो प्रतियोगिता गर्न लागेको हो ।
आइतबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएकोे नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले बताए । यो वर्ष एन्फा एकेडेमी खेलमैदान मर्मतको क्रममा रहेको हुदा सिद्धेश्वर खेलमैदानमा गरिने भएको उनले बताए । विगतमा भएका कमिकमजोरीहरुलाई हटाएर सफलतापुर्बक सम्पन्न गर्ने उनले बताए ।
बालबालिकालाई शैक्षिकसंगै खेलकुद अनिवार्य विषय भएको उनले बताए । विगतका वर्षहरुमा प्रमाणपत्रमात्र दिने गरिएकोमा पछिल्लो ३ वर्षदेखिमात्र नगद पुरस्कार वितरण गरिदै आएको उनले बताए । खेलकुदमा बजेट बिनियोजन गरिनु सकारात्मक भएपनि खेलाडी पुरस्कार निक्कै कम हुने गरेकोमा त्यसलाई वृद्धि गर्न जरुरी रहेको उनले बताए ।
यसवर्ष छात्रा भलिबल एभरेस्ट बोर्डिङ स्कुलको खेलमैदान, हाईजम्प कालिका मानवज्ञान माबि, छात्र भलिबल सिद्धेश्वर कोर्टमा गरिने उनले बताए । सिद्धेश्वर लाल कुमारी माबि खेल मैदानमा आयोजना हुने प्रतियोगितामा नगरभित्रका सामुदायिक र निजि गरि ५३ विद्यालयहरु सहभागी हुने उनले बताए । जसमा भलिबल, कबड्डी, तेक्वान्दो, कराते (छात्ररछात्रा), एथलेटिक्स लगायत ३ दिनसम्म प्रतियोगिताहरु संचालन हुने उनले बताए ।
कार्यक्रममा नगरप्रमुख खेलराज पाण्डेले पूर्वाधार विकास र खेल विकासमा पालिका लागेको बताए । फुटबलको आठ, क्रिकेटको ३ मैदान तयार गर्ने लक्ष्यसहित काम अघि बढेको उनले बताए । यसैगरि लनटेनिस, बास्केटबल कोर्टहरुमा समेत लगानी भएको उनले बताए । ‘साढे ३ करोड रुपैया बजेट खेलकुदमा बिनियोजन गरिएको छ ।’– उनले भने ।
एउटा आशालाग्दो लगानी भैरहेको उनले दाबी गरे । यो वर्ष बुटवल–१६ को डहरगाउमा क्रिकेट मैदान निर्माण गर्न ७५ लाख रुपैया, तिलोत्तमा गोल्डकपलाई ३५ लाख रुपैया बिनियोजन गरिएको उनले बताए ।
कार्यक्रममा उपप्रमुख सावित्रादेवि अर्याल, समितिका सदस्यसचिव प्रेम बस्नेत, प्रतियोगिता मुल्यांकन समितिका संयोजक लालहरि पाण्डेले प्रतियोगिताका बारेमा जानकारी दिएका थिए । गतवर्ष कालिका मानवज्ञान माबि उपाधि विजेता रहेको थियो ।
प्रतिक्रिया