बुटवल । सिद्घार्थ बैंक लिमिटेडले आफ्नो २२ औं वार्षिकोत्सवको उपलक्ष्यमा लुम्बिनी प्रदेश स्थित आफ्नो भैरहवा शाखामा रक्तदान कार्यक्रम आयोजना गरेको छ । नेपाल रेडक्रस सोसाईटीसँगको समन्वयमा आयोजना गरिएको उक्त रक्तदान कार्यक्रममा बैंकका कर्मचारीहरुका साथसाथै, ग्राहक महानुभावहरु एवं स्थानीयवासीहरु गरी ३१ जना रक्तदाताहरुको सहभागिता रहेको थियो ।
अस्पतालहरूलाई जहिले पनि रगतको ठूलो आपूर्तिको आवश्यकता रहेको र यस अभावलाई केही हद सम्म भए पनि कम गर्ने उद्देश्य लिइ बैंकले उक्त रक्तदान कार्यक्रम आयोजना गरेको हो । साथै बैंकको आफ्नो २२ औं वार्षिकोत्सवकै उपलक्ष्यमा देशका अन्य प्रदेशहरुमा पनि रक्तदान कार्यक्रम गर्ने योजना रहेको छ ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले देशैभर १९६ वटा शाखा (५ एक्स्टेन्सन् काउन्टर सहित), ७३ शाखा रहित बैंकिङ्ग सेवा, २२६ एटिएम मार्फत् ग्राहकलाई उच्चस्तरिय र आधुनिक बैंकिङ् सेवाहरु प्रदान गर्दै आएको छ । । ‘सम्बन्ध सधैभरीलाई’ भन्ने नारा अवलम्बन गर्दै बैंकले आफ्नो ग्राहक सेवा केन्द्र मार्फत विभिन्न सेवा प्रदान गर्ने तथा गुनासोलाई सम्बोधन गर्ने कार्य हप्ताको सातै दिन २४सै घण्टा गर्दै आएको छ
प्रतिक्रिया