महाराष्ट्र । भारतको महाराष्ट्र प्रदेशस्थित पुणे शहरमा शनिबारबाट अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगिता सुरू भएको छ । भारतको पुणे स्थित खेलकुद बिभाग केन्द्रमा आयोजना गरिएको प्रतियोगितमा शनिबार सम्पन्न बिभिन्न उमेर समुहको काँटा प्रद्वर्शनमा नेपालले पहिलो स्वर्ण पदक जितेको छ ।
नेपालको तर्फबाट उत्कृष्ट काटा प्रदर्शन गरेका १० वर्ष मुनिका खेलाडी समूहका शिद्धार्थ रानाले स्वर्ण पदक हात पारेका छन । यस्तै शनिबार नै प्रतियोगिता अन्तर्गतका विभिन्न उमेर र तौल समूहका खेलाडीको छनौट प्रतियोगिता सम्पन्न भएका छन ।
भारतिय राष्ट्रिय कराते संघको आयोजनामा भएको प्रतियोगितामा नेपाल, बंगलादेश, श्रीलंका लगायत भारतका बिभिन्न क्षेत्रबाट १ सय भन्दा बढी खेलाडी सहभागी रहेको आयोजक संस्थाका अध्यक्ष राजु थापाले जानकारी दिए ।
प्रतियोगिता अन्तरगत आज र भोली बिभिन्न उमेर र तौल समूहको फाईनल हुने छ । नेपालको तर्फबाट बिभिन्न समूहका १८ जना महिला तथा पुरूष खेलाडी सहभागि रहेको जापान गोजुरियो कराते डो मिसन सङ्घ, नेपालका अध्यक्ष केबी रानाले बताए । नेपाली प्रतियोगि खेलाडीहरूको प्रदर्शन उत्कृष्ट रहेको उनले बताए । यस अघि शनिबार प्रतियोगिताको उद्घघाटन भारतिय सिने अभिनेता डा सुमन तलवारले राष्ट्रको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान गराउन खेल क्षेत्रमा लागेर योगदान गर्ने खेलाडीको सम्मान बढाउनुपर्ने बताए । उनले खेलकुदको कराते जस्तो बिधाले आत्मसुरक्षा, अनुशासन र स्वस्थ्य राख्न मद्दत पुर्याउने बताए ।
प्रतिक्रिया