ताजा अपडेट »

वालिङमा व्यावसायिक केराखेतीः वार्षिक चार लाख मुनाफा

आइतबार, १४ पुस २०८१, ०८ : १२
52 Shares
आइतबार, १४ पुस २०८१
52 Shares

वालिङ । यहाँका एक किसानले केराखेतीबाट वार्षिक चार लाख मुनाफा आर्जन गरेका छन् ।  वालिङ नगरपालिका–१ धरमपानीका कृष्णप्रसाद ढुङ्गानाले व्यावसायिक केराखेतीबाट उक्त रकम आर्जन गरे ।

सबै खर्च कटाएर एक वर्षमा चार हजार पाँच सय दर्जन काँचो तथा पाकेका केरा बेच्दा त्यति रकम नाफा भएको उनले राससलाई बताए । “मेरा बारीका केरा स्थानीय व्यापारीले बगैचाबाट नै खरिद गर्छन् ”, उनले भने । स्थानीय बजारमा केराको माग उच्च भए पनि मागअनुसार आपूर्ति हुन सकेको छैन ।

तीन वर्षअघि किसान ढुङ्गानाले व्यावसायिक रूपमा केराखेती थाल्नुभएको हो । व्यावसायिक रूपमा ड्रागन फ्रुटको खेती गर्न जग्गा सम्म्याउने क्रममा पुरुवा माटोमा केरा राम्रो हुन्छ भन्ने थाहा पाएपछि उनले केराखेती प्रारम्भ गरे । उनको बगैचामा स्थानीय र हाइब्रिड केरा फलेका छन् ।  

उद्यमी ढुङ्गानाले २० रोपनीमा केराखेती गर्दै आउनुभएको छ । बगैचामा झापाली मालभोग, चिनी केरा, पुरानो मालभोग, धुस्रे र स्थानीय मुग्रे गरी पाँच प्रजातिका केरा लगाउनुभएको छ । उहाँले ४० रोपनीमा ड्रागन फ्रुटको खेती पनि गर्दै आउनुभएको छ ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।