ताजा अपडेट »

रोटरी तिलोत्तमा रुपन्देहीमा भट्टराईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

शनिबार, १३ पुस २०८१, १८ : ५५
38 Shares
शनिबार, १३ पुस २०८१
38 Shares

बुटवल ।  रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीमा नयाँ कार्यसमिति चयन गरिएको छ । क्लवको बोर्ड बैठकले वर्ष २०२५र२६ का लागि दीपक भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । बोर्ड बैठकले गरेको उक्त निर्णयलाई शनिबार बसेको साप्ताहिक नियमित बैठक तथा क्लव एसेम्ब्लिले अनुमोदन गरेको छ ।

क्लवका अध्यक्ष देवीराम पाण्डेको अध्यक्षतामा बसेको बैठकले प्रेसिडेन्ट ईलेक्टमा देवीलाल भट्टराई, प्रेसिडेन्ट नोमिनीमा शंकर पाण्डेलाई चयन गरिएको छ । त्यसैगरी प्रथम उपाध्यक्षमा अर्जुनप्रसाद आचार्य, द्वितीय उपाध्यक्षमा निरञ्जन पोखरेल, तृतीय उपाध्यक्षमा दीपक वास्तोला, सचिवमा किशोरकुमार विक, कोषाध्यक्षमा केशवबहादुर कुवँर तथा सहसचिवमा वसन्त श्रेष्ठ र सहकोषाध्यक्षमा भगवती अर्याललाई चयन गरिएको छ ।

त्यसैगरी क्लव एड्मीन चियरमा लक्ष्मण विक, मेम्बरसिंप चियरमा शारदा भट्टराई, पब्लिक रिलेसन चियरमा राजु गुरुङ, सर्विस प्रोजेक्ट चियरमा राजु चौधरी, टिआरएफ चियरमा सिए बालकृष्ण पाण्डे, हेल्थ कमिटि चियरमा डा। सतिस रुपाखेती, फेलोशिप चियरमा एकराज गैरे, सर्जेन्ट एट आम्समा क्लवका पूर्वअध्यक्ष निरज श्रेष्ठ र क्लव इडिटरमा रमेशमणी सुवेदीलाई चयन गरिएको क्लवका प्रेसिडेन्ट ईलेक्ट तथा वर्ष २०२५/२६ का अध्यक्ष दीपक भट्टराईले जानकारी गराए ।

बैठकमा क्लवले गरेका गतिविधिमा अर्धवार्षिक समीक्षा गरिएको थियो । त्यसअवसरमा एसाइन एजी सुमन गोपालाचार्यले क्लवले धेरै राम्रो काम गरेको बताउँदै महिला सदस्य बढाउन आग्रह गर्नुभयो । बैठकमा पाँचवटै कमिटिका चियरले सम्बन्धित विषयमा क्लवले लिएको लक्ष्य, गरेका गतिविधि र आगामी दिनमा गरिने कार्यक्रमको बारेमा जानकारी गराउँदै लिईएको लक्ष्य उन्मुख भएको जानकारी गराए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।