ताजा अपडेट »

मगर संघ जिल्ला समन्वय समिति रुपन्देहीको अधिवेशन सुरु

शनिबार, १३ पुस २०८१, १८ : ५०
34 Shares
शनिबार, १३ पुस २०८१
34 Shares



बुटवल । नेपाल मगर संघ जिल्ला समन्वय समिति रुपन्देहीको २३ औं जिल्ला अधिवेशन बुटवलमा सुरु भएको छ । पुष १३ गतेदेखि दुई दिनसम्म चल्ने जिल्ला अधिवेशनको नेपाल मगर संघका केन्द्रिय सहअध्यक्ष गंगा बहादुर थापाले शनिबार बुटवलमा खुलाशत्रको उद्घाटन गरे । नेपाल मगर संघ जिल्ला समन्वय समिति रुपन्देहीका अध्यक्ष प्रेम बहादुर थापामगरको अध्यक्षतामा भएको उद्घाटन समारोहमा बोल्दै केन्द्रीय सहअध्यक्ष गंगा बहादुर थापाले राष्ट्र र समुदायका विकासका लागि मगर समुदाय राजनीतिक रुपमा एकजुट हुनुपर्ने आवश्यक्ता रहेको धारणा व्यक्त गरे । संघले राजनीतिक रुपमा काम नगर्ने भएपनि नेपालको सन्दर्भमा राजनीतिक हैसियत राख्ने भएकाले यसलाई राजनीतिक शक्तिका रुपमा विकास गर्नुपर्ने समय आएको कुरामा उनले जोड दिए । सो अवसरमा बोल्दै संघका अर्का केन्द्रिय सहअध्यक्ष दल बहादुर वीरकट्टामगरले समाज परिवर्तनका लागि समाजमा रहेका पुरातन पद्धतीलाई बदल्न आवश्यक रहेको बताए ।  सो अवसरमा नेपाल मगर संघ लुम्विनी प्रदेश अध्यक्ष डिवी थापामगर लगायतका मगर संघका नेताहरुले  बोलेका थिए । कार्यक्रम नेपाल मगर संघ जिल्ला समन्वय समिति रुपन्देहीका उपाध्यक्ष थर्क बहादुर बारघरेको स्वागत तथा सचिव इन्दु थापामगरको सञ्चालनमा सम्पन्न भएको थियो । संघको बन्द शत्र पुष १४ गते बुटवलस्थित अमर भवनमा नयाँ नेतृत्व चयन सहित सम्पन्न हुने संघले जनाएको छ

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।