ताजा अपडेट »

बुटवल मेलाको १० औं दिन : शनिबार दर्शकको थामिनसक्नु भिड (फोटोफिचर)

शनिबार, १३ पुस २०८१, १४ : ५२
1.44K Shares
शनिबार, १३ पुस २०८१
1.44K Shares

बुटवल । लगानी लुम्बिनीमा समृद्धि देशमा भन्ने मूल नारासहित बुटवलमा जारी २४ औं औद्योगिक व्यापार मेलामा शनिबार दर्शकको थामिनसक्नु भिड देखिएको छ । बुटवल उद्योग वाणिज्य संघको आयोजनामा यही पौष ३ गतेदेखि जारी मेलामा शनिबार विदाका कारण दर्शकको घुँचो लागेको हो । 

butwal mela ticket ghar

मेलास्थलमा अत्याधिक भिडका कारण दर्शकले प्रवेशका लागि टिकट पाउनका लागि मात्रै घण्टौं लाइनमा बस्नु परेको छ भने भिडलाई व्यवस्थित गर्न मेलास्थलमा खटिएका निजी सुरक्षा कर्मी, नेपाल प्रहरी तथा स्वयम्सेवकलाई गाह्रो भैरहेको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरी अर्यालले बताए । मेला अवलोकनका लागि बालबालिका, जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क प्रवेशका साथ स्वयम्सेवकबाट आवश्यक सहजीकरण गरिएको उनले बताए । 

butwal mela vid

यही पौष १८ गतेसम्म सञ्चालन हुने मेलामा साँस्कृतिक कार्यक्रम अन्तरगत शनिबार चर्चित लोक तथा  दोहोरी गीत गायिका शान्ती श्री परियार, दामोदर बस्याल, शुलु भट्टराई, योगराज पोखरेल, गणेश अधिकारी लगायतको प्रस्तुती रहेको साँस्कृतिक उपसमितिका संयोजक निर्मित कसजुले जानकारी दिए । यसैगरी हास्य कलाकार कमल भट्टराई र विजय बमरेलको समेत प्रस्तुती रहने साँस्कृतिक उपसमितिका सहसंयोजक दिपक कार्कीले जानकारी दिए । 

butwal mela sanibar

मेलामा भ्वाइस अफ बुटवल, खुल्ला लोक दोहोरी तथा बसन्त एण्ड क्रियूको ब्याण्ड प्रस्तुती रहने साँस्कृतिक उपसमितिका सहसंयोजक सुमन श्रेष्ठले बताए । मेलामा औद्योगिक प्रदर्शनी, हस्तकला प्रदर्शनी, कृषि प्रदर्शनी र प्रविधिको प्रदर्शनी तथा विक्रि वितरण, विभिन्न विधामा प्रतियोगितात्मक कार्यक्रम सहित सांस्कृतिक सांगितिक कार्यक्रम भईरहेको मेला कार्यसम्पादन समितिका सदस्य तथा प्रचार प्रसार उपसमितिका संयोजक दीपकप्रसाद चापागाईंले जानकारी गराए ।

darsak in butwal mela

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।