काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा सांसद धवल शमशेर राणा क्यान्सरलाई पराजित गर्न सफल भएका छन् । भारतको टाटा मेमाेरीएल क्यान्सर अस्पतालमा तीन महिनादेखि उपचाररत उनी स्वास्थ्यमा सुधार आएसँगै आइतबार नेपाल फर्किने भएका हुन ।
सभासद राणाले आज सामाजिक सञ्जालमा लेखेका छन्– 'अन्ततः म भोलि काठमाडौँ फिर्ता हुनेछु । तीन महिनाको लामो उपचार पश्चात् म निको भएको छु। आगामी दिनमा म मेरो पूर्वनिधारित कार्यक्रमहरूमा सरिक हुने नै छु। सम्पूर्ण परिवारजन, आफन्त, शुभेच्छुक एवं पार्टीका सम्पूर्ण साथीहरू प्रति धन्यवाद तथा आभार व्यक्त गर्दछु। हजुरहरूको म प्रतिको शुभेच्छा कायम रहोस् ।'
प्रतिक्रिया