ताजा अपडेट »

तिनाउ नदी संरक्षणका लागि साझा प्रतिवद्धता

शनिबार, १३ पुस २०८१, १४ : २३
98 Shares
शनिबार, १३ पुस २०८१
98 Shares

तिनाउ । पाल्पाको तिनाउमा ‘तिनाउ नदी संरक्षणका लागि हाम्रो प्रतिवद्धता’–कार्यत्रबmम शनिबार सम्पन्न भएको छ । तिनाउ नदीमा विष, विषादीयुक्त वस्तु, विद्युत धाराप्रवाह र विफोष्टक पदार्थको अवाञ्छित प्रयोग हुन नदिनका लागि प्रतिवद्वता हस्ताक्षर गरिएको छ ।

तिनाउ  गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले तिनाउ नदीमा हुने र हुन सक्ने अवाञ्छित क्रियाकलापलाई रोक्न पालिका प्रतिवद्ध रहेको बताउँदै तिनाउ नदी हामी सबैको साझा प्राकृतिक सम्पदा रहेकोले सबैले जोगाउनु पर्ने बताए । गैरजिम्मेवारी काम गर्नेहरुलाई कानून अनुसार कार्वाही हुने चेतावनी समेत दिए । गाउँपालिकाका उपाध्यक्ष लालबहादुर थापाले तिनाउ नदीमा अवाञ्छित कामका रुपमा बम पड्काउने, विजुलीको तार प्रयोग गर्ने र विषादीको प्रयोग गरि माछा मार्ने कामलाई कुनै हालतमा वैधानिक मान्न नसकिने बताउँदै कानूनलाई हातमा लिनेहरुलाई प्रहरी प्रशासनसँग मिलेर कार्वाही गर्न पालिका पछाडि नहट्ने बताए । 

कार्यक्रममा दोभान प्रहरी चौकीका ईन्चार्ज जनकबहादुर बुढामगरले प्रहरीलेमात्र समुदायमा घट्ने वा घट्न सक्ने दुर्घटनालाई न्यूनीकरण गर्न सम्भव नभएको बताउँदै स्थानीय सबै संस्था र व्यक्तिहरुसँग मिलेर नै तिनाउ नदीमा हुने गैरकानुनी कामलाई रोक्न दोभान प्रहरी चौकी क्रियाशील र सामर्थ्यवान रहेको बताए । उनले कानूनको नजरमा दोषीलाई प्रहरीले कुनै हालतमा नछाड्ने र कानूनको कठघरामा उभ्याउने प्रतिवद्धता जनाए । कार्यक्रममा सामुदायिक वन समन्वय समिति, तिनाउका अध्यक्ष दलबहादुर गुरुङले तिनाउ नदीलाई स्वच्छ र सुन्दर बनाउन सबै तिनाउबासी जागरुक हुनुपर्ने बताए । उनले तिनाउ नदीलाई संरक्षण र सम्बर्द्धन गर्दै पछिल्लो नयाँ पुस्तालाई उत्तम रुपमा हस्तान्तरण गर्नु आजको दायित्व रहेको औल्याए । त्यसैले तिनाउ नदी संरक्षणका लागि हाम्रो प्रतिवद्वता जरुरी रहेको बताउँदै तिनाउलाई दीर्घकालसम्म जीवित राख्न सक्दो पहल गर्नुपर्ने उल्लेख गरे । 

समितिका वरिष्ठ उपाध्यक्ष प्रेम पाण्डेयले स्वागत तथा कार्यक्रमको औचित्यततामा प्रकाश पारेका थिए । कार्यक्रमको सञ्चालन महासचिव गणेश रास्कोटीले गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।