ताजा अपडेट »

भैरहवामा  लक्ष्मी सनराईज बैंकको डिजिटल संवाद

शनिबार, १३ पुस २०८१, ११ : २९
112 Shares
शनिबार, १३ पुस २०८१
112 Shares

लक्ष्मी सनराईज बैंकले भैरहवामा डिजिटल वित्तिय संवाद कार्यक्रम आयोजना गरेको छ । बैंकले अंग्रेजी महिना डिसेम्बरलाई डिजिटल डिसेम्बर घोषणा गर्दै सातै प्रदेशमा डिजिटल संवाद कार्यक्रम मार्फत वित्तीय सचेतना दिने उद्धेश्य सहित लुम्बिनी प्रदेशको भैरहवामा डिजिटल सम्बाद कार्यक्रम आयोजना भएको हो ।

बैंकले डिजिटल डिसेम्बर पहल अन्तर्गत भैरहवामा आयोजित कार्यक्रममा यस क्षेत्रका व्यवसायी, बिद्यार्थी, प्राध्यापक,कर्मचारी,सुरक्षानिकाय लगायतका सरोकारवाला संग सम्बाद कार्यक्रम आयोजन गरेको हो । कार्यक्रममा डिजिटल भुक्तानी लगायतका विषयमा जानकारी दिदै यस्का फाइदा संगै नकारात्मक पक्षका बारेमा चर्चा सहभागिले गरेका थिए ।

कार्यक्रममा आफनो भनाई राख्दै नेपाल राष्ट्र वैंकका निर्देशक एवं सिद्धार्थनगर शाखाका प्रमुख बिज्ञान राज सुबेदीले नेपाल राष्ट्र वैंकको पछिल्लो समय डिजिटल भुक्तानीको प्रयोग बढीरहेको भन्दै जति बढी जनताहरुमा वित्तिय साक्षरता प्रदान गर्न सकियो त्यति बढी डिजिटल भुक्तानीको ब्यापकता बढने बताउदै नेपाल राष्ट्र वैंकको मुख्य एजेन्डाका रुपमा वित्तिय साक्षरता रहेको जनाए । त्यसैले हामीले सबै स्टेक होल्डरहरुलाई वित्तिय साक्षरता अनिवार्य गर्न लगाउने गरेका छौ, उनले भने ।

डिजिटल भुक्तानी या डिजिटल बैंकिंगका क्रममा सेवाग्राहीमा प्राविधिक समस्या आउने गरेको मात्र नभई ठगीएको गुनासो समेत आउने गरेकाले त्यस्ता प्राविधिक पक्षको समाधानमा सेवाप्रदायक सस्था लाग्नु पर्नेमा जोड दिदै बढीभन्दा बढी डिजिटल बैंकिंग साक्षरता मा जोड दिए । निर्देशक सुबेदीले लुम्बिनी प्रदेशमा मोबाइल बैंकिंग प्रयोगकर्ता कर्ता र इन्टरनेट बैंकिंग प्रयोगकर्ता बढीरहेको जनाए ।

डिजिटल संवाद कार्यक्रममा रुपन्देही जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी सुरज कार्कीले डिजिटल भुक्तानीले आम सर्बसाधारणलाई धेरै सजिलो बनाईदिएको बताउदै समस्या पनि रहेको जनाए । डिजिटल पेमेन्टका माध्यमबाट ठगि, बैंकको कर्मचारी भन्दै ओटीपि माग गरी ठग्ने, फेक अनलाइन पसल खोली अनलाइन पेमेन्ट माग गरी ठगी, स्पाम मेसेज गरी डिजिटल पेमेन्ट मार्फत सर्बसाधारण ठगिने गरेको भन्दै यस्ताबाट सबै सचेत हुने गरी डिजिटल भुक्तानी अझ प्रभाबकारी, भरपर्दो र सुरक्षित बनाउनु पर्नेमा जोड दिए ।

सर्बसाधारणले चेक बाउन्स,साइबर अपराध, अनलाइन ठगि लगायतका समस्या लिएर कार्यालयमा आउने गरेका छन्, डिजिटल पेमेन्ट होस या साइबर वा अनलाईन ठगिको अनुसन्धान केन्द्रबाट हुने र सिमित श्रोत साधनका कारण समय लाग्ने प्रहरी नायब उपरिक्षक कार्कीले बताए । डिजिटल भुक्तानी भएको देखिने तर उता अर्को सस्था वा ब्यक्तीको खातामा भुक्तानी नहुने समस्या पनि आउने भएकाले त्यस्ता बिषयमा अटो रीफन्ड हुने व्यवस्था भए सेवाग्राहीलाई सुबिधा पुग्ने उनले बताए ।

सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले बैंकिंग कारोबारमा डिजिटल भुक्तानीले सबैलाई फाइदा पुरयाएको बताए । अहिले पैसा मात्र होइन, संसारनै मोबाइलमा रहेको छ, नबिन प्रबिधीले व्यवसाय अघि बढाउन मद्धत गरेको छ, उद्योग व्यवसाय क्षेत्रमा अझ बढी फाइदा पुगेको छ, क्यास लेस मात्र होइन, फेस लेस कारोबार हो डिजिटल भुक्तानी , अध्यक्ष श्रेष्ठले भने ।

अनलाईन बिजिनेश संगै अनलाइन पेमेन्ट बढेको छ साथै नकारात्मक कुराहरु पनि छन, व्यक्तीगत खातामा पेमेन्ट गर्दा १० रुपैयामा पनि ११ रुपैया भन्दा बढी शुल्क लाग्ने रहेकोमा न्यूनतम भुक्तानी तोक्ने र चेक क्लियरींगमा लगाउन थालिएको मुल्य अभिबृद्धी कर खारेज गरी डिजिटल भुक्तानीलाई अझ बढी लोकप्रिय बनाउन सकिने धारणा श्रेष्ठको थिया ।

रुपन्देही क्याम्पसका क्याम्पस प्रमुख पार्थिबेन्द्र उपाध्यायले डिजिटल साक्षरता र भुक्तानी कोरोना महामारी पछि एकदम ब्यापक भएको बताउदै युबा बिद्यार्थी हरुले बढी फाइदा लिएको जनाए । यस्को गलत प्रयोग पनि सुनिएको छ, त्यस्तालाई निरुत्साहित गर्नु पर्छ, भुक्तानी गर्ने स्थानमा इन्टरनेट सुबिधा हुदैन, त्यस्ता स्थानमा सेवाग्राहीले डाटा प्रयोग गरी भुक्तान गरेको पाईन्छ, त्यसैले सेवाग्राहीलाई सेवाप्रदायकले यो सेवा लिए संगै वार्षिक रुपमा न्यूनतम डाटाको सुबिधा पनि उपलब्ध गराउनु पर्छ, उपाध्यायले भने । डिजिटल भुक्तानीमा अतिरीक्त सेवा रोग भएकोले लिन नहुने उन्को तर्क छ । पेमेन्ट तत्काल हुने तर सेटलमेन्ट तत्काल नहुदा देखिने अर्को समस्या रहेको उपाध्यायको भनाई छ ।

म्हिला उद्यमी एवं काशी सिने प्लेक्सकी निर्देशक अञ्जु जैशीले महिलाहरुमा वित्तिय साक्षरता मात्र नभई डिजिटल भुक्तानी गर्ने क्रम समेत बिस्तारै बढदै गएको बताईन् । यस्लाई ब्यापक बनाउन अझ बढी बैंकिंग शिक्षा आवश्यक रहेको उन्को तर्क छ । डिजिटल बैंकिंग समयको माग रहेको र यस्लाई पछ्याउन सकिएन भने अर्थ बजारबाट पछि परीने जैशीले बताईन् ।

डिजिटल बैंकिंगकै कारण कतिपय महिला दिदीबहिनीहरुले अनलाईन बिजिनेश गर्दै स्वरोजगार भैरहेको र आफनो काशी सिने प्लेक्समा पनि अनलाईन बुकिंग र पेमेन्ट सुरु गरीएको बताईन । डिजिटल पेमेन्टले सम्बन्ध नबिग्रने, बादबिबाद नहुने उनको भनाई छ । लुम्बिनी रण अम्बिका आखा अस्पतालका बित्त प्रमुख भेष बिक्रम थापाले डिजिटल भुक्तानीले सबैपक्षलाई फाइदा पुगेको जनाउदै नकारात्मक पक्षलाई समाधान गर्दै अघि बढनु पर्नेमा जोड दिए । उन्ले अस्पतालमा आउने भारतिय सेवाग्राहीले समेत डिजिटल पेमेन्ट गर्ने गरेको बताए ।

कार्यक्रममा भुक्तानी प्रदायक सस्था आइएमइ पे का लुम्बिनी प्रमुख सुभाष गैरेले भुक्तानी प्रदायक सस्था आइएमइ पे ले दिदै आएको सबैखाले सेवा सुबिधा साथै डिजिटल बैँकिङ्ग बारे जानकारी दिएका थिए । बैंकका डिजिटल च्यानल अपरेसन्स बिभाग प्रमुख सुमन प्रसाद गेलालले डिजिटल भुक्तानीमा सेवाग्राहीलाई थाहा हुदा हुदै पनि समस्या देखिने गरेको भन्दै वित्तिय साक्षर छु भन्नेहरुबाट बढी समस्या हुने गरेको र चेक बाउन्स त्यस्को उदाहरण रहेको बताए ।

गेलााले डिजिटल भुक्तानीका कारण लिने र दिने बिचको भौतिक उपस्थितलाई बिस्थापित गरेको भन्दै यो भुक्तानी प्रणालीलाई देश बिदेशका सिमानाले नरोक्ने र बिदाको दिन मात्र नभई चाहेको बेलामा गर्न सकिने भएकाले सबैलाई सहज र सजिलो बन्दै गएको बताए । लक्ष्मी सनराइज बैंकका लुम्बिनी प्रदेश प्रमुख ओम प्रकाश कण्डेलले डिजिटल बैंकिंगले दैनिक जिवनलाई कसरी प्रभाबकारी बनाएको छ र यस्का महत्व फाईदा के के छन, वित्तिय साक्षरताको अहिले सम्मको प्रयास लगायतका बिषयमा सरोकारवाला संग सम्बाद गर्ने उद्धेश्यले केन्द्रिय कार्यालयको नीति अनुसार कार्यक्रम भएको बताए ।

बैंकले चालु डिसेम्बर महिनामा डिजिटल कारोबारलाई प्रवद्र्वन गर्ने उद्देश्यले विभिन्न अफर, अभियान तथा अन्तरकृयाहरु गरी डिजिटल डिसेम्बरका रुपमा मनाईरहेको र यसै सन्दर्भमा बैंकले यस क्षेत्रका विभिन्न व्यवसायी, शिक्षक, विद्यार्थी, प्राध्यापक, कर्मचारी, सुरक्षा निकाय लगायतको उपस्थितिमा डिजिटल भुक्तानी लगायतका बिषयमा डिजिटल सम्बाद कार्यक्रम गरेको लक्ष्मी सनराइज बैंक भैरहवा शाखा प्रबन्धक सन्तोस सापकोटाले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।