ताजा अपडेट »

गुल्मीको रिडीदेखि पुर्तिघाट जाँदै गरेको टिपर दुर्घटना : १ जनाको मृत्यु, एक घाइते

शनिबार, १३ पुस २०८१, ०९ : ३०
1.24K Shares
शनिबार, १३ पुस २०८१
1.24K Shares

गुल्मी । गुल्मीमा गएराती टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । रिडीबाट गिट्टी बोकेर पुर्तिघाट जाँदै गरेको लु१क ५४०० नम्बरको टिपर सत्यवती गाउँपालिकाको वडानम्बर-२ पाहादीस्थित कालिगण्डकी करिडोरमा दुर्घटना भएको हो । 

दुर्घटनामा टिपर चालक पाल्पा जिल्ला रैनादेवी गाउँपालिका वडानम्बर-१ बस्ने २४ वर्षका श्रीराम कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) राजन भुजेलले बताए । टिपर दुर्घटनामा घाइते कुमालको उपचारको लागि अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेका थिए । दुर्घटनामा परेर सल्यान जिल्ला बनगाउँ ७ बस्ने २३ वर्षका मोहन जैसी घाइते भएका छन् । उनको अवस्था सामान्य छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।