ताजा अपडेट »

मालपोत तथा नापी कार्यालय बाणगंगामा ल्याउने निर्णयको विरोध

शुक्रबार, १२ पुस २०८१, २१ : ३१
130 Shares
शुक्रबार, १२ पुस २०८१
130 Shares

कपिलवस्तु ।  कपिलवस्तुको सदरमुकाम तौलिहवामा रहेको मालपोत तथा नापी कार्यालय स्तानान्तरण गरी बाणगङ्गा नगरपालिकामा सार्ने निर्णयको ताैलीहवामा  विरोध हुन सुरु भएको छ । यस निर्णयको विराेध स्वरुप जनता समाजबादी पार्टी नेपाल कपिलवस्तुले विरोध गरेको हो ।

शुक्रबार ताैलीहवामा पार्टीका अध्यक्ष शैलेन्द्र कुमार यादव, कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदिप पौडेलसहितका नेताहरु तौलिहवा स्थित जिल्ला प्रशासन कार्यालय कपिलवस्तु  पुगेर प्रमुख जिल्ला अधिकारी बिश्व प्रकाश अर्याल समक्ष ज्ञापन पत्र बुझाएका हुन् ।

 टोलीले प्रमुख जिल्अला अधिकारी मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयसम्म पुग्ने गरीज्ञापनपत्र बुझाएको हो । मालपोत तथा नापी कार्यालय स्तानान्तरण काे निर्णय अबिलम्ब नसच्चाइए कडा आन्दोलन गर्ने  जनता समाजवादी पार्टी नेपालले कडा चेतावनी समेत दिएको छ ।

बर्षाै देखि तौलिहवामा रहेको मालपोत तथा नापी कार्यालय बाणगङ्गामा सार्ने नेपाल सरकार मन्त्री परिषद्को निर्णय अब्यवहारिक, अपायक तथा सदरमुकाम तौलिहवालाइ कमजजाेर बनाउने खालको भएकाे भन्दै पार्टीले आन्दोलन गर्ने जनाएको हो ।

image-4

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।