ताजा अपडेट »

औद्योगिक व्यापार मेलामा रिदम व्याण्डको धमकेदार प्रस्तुती

शुक्रबार, १२ पुस २०८१, २० : १५
42 Shares
शुक्रबार, १२ पुस २०८१
42 Shares

बुटवल । बुटवलको औद्योगिक व्यापार मेलामा दीपक बज्राचार्य एण्ड द रिदम व्याण्डको धमकेदार प्रस्तुती रह्यो । मेलामा शुक्रबार दीपक बज्राचार्य र उनको द रिदम व्याण्डको प्रस्तुतीले बुटवलको चिसोलाई तातो बनायो ।

मेलामा स्टेज चढेसंगै दर्शकको हुटिङ् र तालीको साथ पाएका बहुचर्चित गायक दीपकले गायन करियरको सुरुदेखिका गित गायर दर्शकलाई पनि भरपुर मनोरञ्जन प्रदान गरे । दीपक र उनको द रिदम व्याण्डले हजारौं दर्शकले भरिभराउ बुटवल मण्डपको शन्ध्याकालिन साँझलाई संगितमय बनाएको थियो ।

त्यस अवसरमा उनले म कुनै रितु होईन, कालिकालि हिस्सी परेकी लगायतका थुप्रै गित गाए । शुक्रबार मेलामा दीपक बज्राचार्य एण्ड द रिदम व्याण्ड सहित लोक तथा दोहोरी गायिका सर्मिला विसी, विन्दु परियार, रामेश्वर ढकाल लगायतका कलाकारहरुको प्रस्तुती रहेको थियो ।

त्यस्तैगरी विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता, खुला लोक दोहोरी गित प्रतियोगिता र भ्वाईस अफ बुटवल, डान्स च्याम्स अफ बुटवल प्रतियोगिता भएका छन् । त्यसैगरी भोली (शनिबार)  लोक तथा दोहोरी गायिका शान्ति श्री परियार, दामोदर बस्याल, शिलु भट्टराई, योगराज पोखरेल, गणेश अधिकारी, हास्य कलाकार कमल भट्टराई र विजय बमरेल तथा डान्सर निष्ठा पुन र मनिसा बस्यालको प्रस्तुती रहनेछ ।

त्यस्तै खुला लोक दोहोरी प्रतियोगिता, विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता तथा भ्वाईस अफ बुटवल लगायतका प्रतियोगिता हुने सांस्कृतिक कार्यक्रम संयोजक निर्मित कसजूले जानकारी गराए। ‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने मुल नारा सहित यहि पुसको ३ देखि १८ गतेसम्म सञ्चालन हुने मेलामा ५ सय स्टल छन् ।

मेलामा औद्योगिक प्रदर्शनी, हस्तकला प्रदर्शनी, कृषि प्रदर्शनी र प्रविधिको प्रदर्शनी तथा विक्रि वितरण, विभिन्न विधामा प्रतियोगितात्मक कार्यक्रम सहित सांस्कृतिक सांगितिक कार्यक्रम भईरहेको मेला कार्यसम्पादन समितिका सदस्य तथा प्रचार प्रसार उपसमितिका संयोजक दीपक चापागाईले जानकारी गराए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।