ताजा अपडेट »

लुम्बिनी प्रदेशको दोस्रो आवधिक योजनाका लागि नीजिस्ततरसँग संवाद

शुक्रबार, १२ पुस २०८१, १९ : ४९
30 Shares
शुक्रबार, १२ पुस २०८१
30 Shares

बुटवल । लुम्बिनी प्रदेशको दोस्रो आवधिक योजना (२०८१/०८२(०८५/०८६) का सम्बन्धमा निजिस्तरसँग नीति संवाद कार्यक्रम लुम्बिनी प्रदेश योजना आयोगले शुक्रवार भैरहवामा सम्पन्न गरेको छ । कार्यक्रममा योजना आयोगका उपाध्यक्ष डिल्लीराज अर्यालले सहभागी सबैलाई कार्यक्रमको आवश्यकता, ओैचित्यताबारे प्रष्ट्याउँदै स्वागत गरेका थिए ।

उनले प्रदेश सरकारले निजि, सामुदायिक र सहकारीमार्फत प्रदेशको विकासमा समृद्धिको नीति,योजना र कार्यक्रम तयारी गरि कार्यान्वयनका लागि अग्रगामी बाटो रोज्ने बताए । उनले निजिस्तरबाट सरकारले विशेष सहयोगको अपेक्षा गर्दै प्रदेश सरकारले निजीस्तरका उद्योगी,व्यापारीहरुलाई  नीतिगत तथा योजनावद्व कार्यक्रममा सक्दो सहयोग गर्नका लागि सहजीकरण गर्ने बताए ।

कार्यक्रममा प्रदेश योजना आयोगले तयार पारेको दोस्रो आवधिक योजनाको संक्षिप्त प्रिजेन्टेसन आयोगका सदस्य डा.सुदन ओलीले गरेका थिए । कार्यक्रममा उद्योगी,व्यापारीहरु  राजेशकुमार अग्रवाल,रमेश शर्मा,जेपी कंडेल, बाबुराम बोहोरा, नेत्रप्रसाद पाठक, आनन्द शर्मा, कुलप्रसाद न्यौपाने, मञ्जु भुसाल,माया खनाल, गणेश बेल्बासे, मंगल भण्डारी, गोविन्द ज्ञवाली, सञ्जीव शर्मा र महेन्द्रकुमार श्रेष्ठलगायतले नीति संवादमा उल्लेखित छलफलमा उठाईएका विषयवस्तु र प्राप्त रायसुझावलाई रद्दीको टोकरीमा नराखियोस् भन्दै  आवश्यकता अनुसार प्रयोग गर्नमा जोड दिए ।

साथै सहभागीहरुले प्रदेश सरकारलाई अधिकार सम्पन्न गराउँदै उद्योगी, व्यापारीमैत्री नीति तथा योजना निर्माणमा लाग्न सुझाव दिए । कार्यक्रममा लुम्बिनी प्रदेश सरकार, मुख्यमन्त्रीका शिक्षा विज्ञ दलबहादुर गुरुङ र भौतिक पूर्वाधार विज्ञ ई. जीवन अर्यालको समेत विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा प्रदेशस्तरीय उद्योगी,व्यापारी एवम् निजिस्तरका संघसंस्थाहरुको बाक्लो उपस्थिति रहेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।