बुटवल । बुटवल ४ स्थित कान्ति माध्यमिक विद्यालयमा फुड फेस्टो कार्यक्रम सम्पन्न भएको छ । कक्षा ११ का होटल म्यानेजमेन्ट समुहका विद्यार्थीहरुको आयोजनामा शुक्रबार फुड फेस्टो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको बुटवल उपमहानगरपालिका वडा ४ का वडाध्यक्ष नरिश्वर शर्माले विद्यार्थीहरुले बनाएका विभिन्न परिकार किनेर कार्यक्रमको सुभारम्भ गरेका थिए । सो अवसरमा बोल्दै शर्माले कक्षा कोठामा पढेको ज्ञानलाई व्यवहारिक सीपमा रुपान्तरण गर्नका लागि यश किसिमका कार्यक्रमहरु हुनु अत्यन्तै राम्रो भएकोले आगामी दिनमा निरन्तरता दिनका लागि अनुरोध गरे ।
वर्तमान विश्वमा सीप सहित जनशक्तिको माग रहेकोले सीपमूलम शिक्षाको अभ्यास गरिएमा बेरोजगारी पूर्णरूपमा बन्द हुने उनको भनाइ छ । कार्यक्रममा प्राधानाध्यापक गोविन्द ज्ञवालीले यस वर्ष देखि विद्यालयमा होटल म्यानेजमेन्टको कक्षा सुरु गरिएको र केही महिनाको सैद्धान्तिक कक्षा पछि विद्यार्थीहरुले यस किसिमको कार्यक्रम गर्न सफल हुनु विद्यार्थीहरू सँगै विद्यालयको समेत उल्लेखनीय उपलब्धि भएको भन्दै सबैलाई बधाई ज्ञापन गरेका थिए । साथै आगामी दिनमा विद्यार्थीहरुलाई परियोजनामा आधारित थप प्रयोगात्मक कार्यक्रम सञ्चालन गरिने बताए।
कार्यक्रममा बोल्दै कक्षा ११ का संयोजक भानुभक्त भुसालले शिक्षक विद्यार्थी र अभिभावकको अथक प्रयासबाट विद्यालय यो अवस्थामा आएको र आगामी दिनहरुमा कक्षा ११ थप व्यवहारिक सीपमा आधारित विषयहरुको पठनपाठन हुने गरि योजना निर्माण गरिने बताए।
विद्यार्थीहरुले बनाएका परिकारहरु स्टार स्तरीय होटल तथा रेष्टुरेन्टको भन्दा कम नरहेको भन्दै विद्यार्थीहरुलाई विद्यालयको पठनपाठन बाहेकको समयमा विभिन्न मेला महोत्सवमा आफ्नो यश कार्यलाई अगाडि बढाउदै पढ्दै कमाउदै अभियान सञ्चालन गर्न योग्य रहेको भन्दै शुभकामना समेत दिए । कार्यक्रमको सहजीकरण शिक्षक गोविन गाहा तथा चिरन ढुङ्गानाले गरेका थिए ।
प्रतिक्रिया