पोखरा । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको वयान शुक्रबार सकिएको छ । जिल्ला अदालत कास्कीका न्यायाधिश नीतिज राईको इजालासमा बिहीबार र शुक्रबार दुई दिन गरी रविको वयान लिईएको अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए ।
योसँगै रविसहित पूर्वडिआईजी छविलाल जोशी र लिला पछाईको वयान सकिएको छ । पूर्वसांसद मिना गुरुङ, रामबहादुर खनाल, कृष्णबहादुर गुरुङ, आरती गुरुङको बयान लिन बाँकी छ । आइतबारदेखि पुनः वयान सुरु हुनेछ । सबैको वयान सकिएपछि मात्रै थुनचेक बहस हुने स्रेस्तेदार खनालले बताए ।
जिल्ला सरकारी वकिल कार्यालय कास्कीले गत शुक्रबार र आइतबार गरी सूर्यदर्शन सहकारी ठगीमा संलग्न ६३ जनाविरुद्ध कास्की अदालतमा मुद्दा दायर गरेको थियो । रविविरुद्ध सहकारी ठगीसहित संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा दर्ता भएको छ ।
प्रतिक्रिया