ताजा अपडेट »

मोहन वैद्य अस्पताल भर्ना

शुक्रबार, १२ पुस २०८१, १४ : २१
40 Shares
शुक्रबार, १२ पुस २०८१
40 Shares

काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य अस्वस्थ भएका छन् । एक्कासि दम बढेपछि वैद्यलाई महाराजगन्जस्थित टिचिङ अस्पताल भर्ना गरिएको सो पार्टीका एक नेताले जानकारी दिए । 
 
बिहीबार १३२ औँ माओ दिवसको अवसरमा कृष्णसेन ‘इच्छुक’ प्रतिष्ठानमा पार्टीले राखेको कार्यक्रम सहभागी भएका थिए । कार्यक्रममै उनी अस्वस्थ भएपछि राति नै अस्पताल भर्ना गरिएको उनले जानकारी दिए ।
 
उनकाअनुसार वैद्यको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।