ताजा अपडेट »

गुल्मी जैसिथोक रुपन्देही सम्पर्क समाजको चौथो वार्षिक साधारणसभा सम्पन्न

शुक्रबार, १२ पुस २०८१, १३ : ३३
580 Shares
शुक्रबार, १२ पुस २०८१
580 Shares

बुटवल । गुल्मीको धुर्कोट गाउँ पालिका–४ जैसिथोक जन्म घर भई रुपन्देही  र यसको आसपास बसोबास गर्नुहुने जैसिथोकेहरुको समाज जैसिथोक रुपन्देही  सम्पर्क  समाजको चौथो साधारण  सभा बुटवलमा सम्पन्न भएको छ । 

 गुल्मी जैसिथोक रुपन्देही सम्पर्क  समाजका अध्यक्ष  राजेन्द्र  कुँवरको अध्यक्षता तथा सल्लाहकार  नेत्र प्रसाद पोखेलको प्रमुख  आतिथ्यतामा  र आजीवन  सदस्य  भीमलाल पोखरेलको विशिष्ट  आतिथ्यतामा सम्पन कार्यक्रममा  अध्यक्षको वार्षिक  प्रतिवेदन  तथा कोषाध्यक्ष  नारायण  पोखरेलको आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरिएको छ । 

२०७३ सालमा स्थापना भएको यस समाजमा अहिलेसम्म  ६९ जना आजीवन सदस्य  बनी सकेका छन भने संस्थाले  प्रत्येक  वर्ष  नयाँ  वर्षको  शुभकामना , क्यालेन्डर  प्रकाशन , तीजमिलन कार्यक्रम , दशै  तथ तिहार पर्वको शुभकामना  तथा वनभोज कार्यक्रम गर्दै आएको छ भने जैसिथोक वासीको हरेक सुखदुखमा साथ दिदै आएको छ ।

साधारण  सभामा  नेत्रप्रसाद  पोखरेल , यदुमणि पोखरेल , हुमाकान्त पोखरेल लगायतले शुभकामना मन्त्वय राखेको कार्यक्रमको सञ्चालन  सचिव दीपक पोखरेल र धन्यवाद  ज्ञापन कार्यसमिति सदस्य  नरेश पोखरेलले गरेको संस्थाका अध्यक्ष  राजेन्द्र  कुँवरले  जानकारी दिए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।