ताजा अपडेट »

आजको मौसम : उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना

शुक्रबार, १२ पुस २०८१, ०७ : ३५
44 Shares
शुक्रबार, १२ पुस २०८१
44 Shares

काठमाडौं । हाल देशभर पश्चिमी वायुसँगै पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । जसका कारण हाल सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको मौसम सामान्य बदली रहेको छ भने देशका बाँकी भूभागमा मौसम सफा रहेको छ । यसको साथै, तराई तथा उपत्यका केही स्थानमा हुस्सु र कुहिरोको लागि रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउसो सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षाको साथै कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थान र गण्डकी, कोशी प्रदेशका केही स्थानमा हल्का हिमपातको पनि सम्भावना रहने छ । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।