ताजा अपडेट »

चितवनमा प्रथम मह उत्सव सुरु

शुक्रबार, १२ पुस २०८१, ०७ : ००
50 Shares
शुक्रबार, १२ पुस २०८१
50 Shares

नारायणगढ (चितवन)। महको बजारीकरणसँगै यसको फाइदाको जानकारी दिने उद्देश्यले  बिहिबार देखि चितवनको सौराहमा ‘प्रथम मह उत्सव २०८१’ सुरु भएको छ । आजदेखि सुरु १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव २०८१ स्थलसँगै मह उत्सव पनि सुरु भएको हो । 

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन इकाई चितवन तथा जोन सञ्चालक समन्वय समिति, मौरी जोन चितवनले आयोजना गरेको मह उत्सव पुस १५ गतेसम्म रहने आयोजकले जनाएको छ । परियोजनाका मौरीजोन अधिकृत रविकिरण अधिकारीले महोत्सवमा आगन्तुकलाई मह चखाउँदै र नेपालमा उत्पादित महबारे जानकारी गराउँदै आएको बताए ।

परियोजनाले मौरी जोनअन्तर्गतका मौरीपालक किसान उद्यमीलाई प्रवद्र्धन गर्ने उद्देश्यले बजारीकरण, प्याकेजिङ, लेबलिङमा सहयोग गर्न गर्दै आएको छ । ‘स्वादमा मिठास स्वदेशी महमा विश्वास’ भन्ने मूल नाराका साथ महोत्सव आयोजना गरिएकोे हो ।

उक्त अवसरमा मौरीपालनको क्षेत्रमा विशेष योगदान पुर्याउनेलाई सम्मान गर्ने, उत्कृष्ट प्रदर्शनी कक्षलाई पुरस्कार तथा मौरीपालन र प्रशोधनसम्बन्धी परिसंवाद कार्यक्रम सञ्चालन गरिने परियोजनाका प्रमुख वरिष्ठ कृषि अधिकृत महेश रेग्मीले जानकारी दिए ।

नेपाल मौरीपालक महासङ्घका निवर्तमान अध्यक्ष शिव शर्माले मह उत्सवले मौरीपालक किसानलाई उत्साहा थप्नेमा विश्वास व्यक्त गरे ।
---

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।