ताजा अपडेट »

लुम्बिनीको प्रवर्द्धनका लागि संचारकर्मीहरूकाे आयाेजनामा "बौद्ध संचार यात्रा"

विहीबार, ११ पुस २०८१, २२ : ५३
58 Shares
विहीबार, ११ पुस २०८१
58 Shares

भैरहवा। पदयात्रालाई प्रवर्द्धन गर्ने र लुम्बिनी घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकलाई अभिप्रेरित गर्ने उद्देश्यले भैरहवा देखि लुम्बिनी २४ किलोमिटरकाे बौद्ध सञ्चार पद यात्रा  सम्गपन्रिन गरीको छ । लुम्बिनी प्रेस क्लब रुपन्देहीकाे  १०औँ स्थापना दिवसको अवसरमा बिहीबार भैरहवाको लुम्बिनी गेट देखि लुम्बिनीस्थित मायादेवी मन्दिरसम्म सञ्चार यात्रा सम्पन्न गरिएको हो ।

‘पर्यटनका लागि शान्ति, शान्तिका लागि सञ्चार यात्रा’ भन्ने नारा सहित आयोजना गरिएको दोस्रो बौद्ध सञ्चार यात्राले लुम्बिनीको पर्यटनमा नयाँ उत्साह थपेको विश्वास गरिएको छ ।  विभिन्न सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधि, उद्योगी–व्यवसायी, नेपाली सेना, प्रहरी, सशस्त्र तथा भिक्षु भिक्षुणी, लामा, पत्रकार, र सर्वसाधारण गरी एक सय जना बढी पदयात्रामा सहभागी  थिए ।

pas
 

पदयात्रामा सहभागीलाई ठाउँ ठाउँमा स्थानीय  तथा पर्यटन व्यवसायीहरूले स्वागत गरेका थिए । पदयात्राका सहभागीहरू बुद्ध धुनको गुन्जनसँगै पद यात्रा गर्न पाउँदा निकै हर्षित देखिन्थे ।शान्ति, अहिंसा र पञ्चशीलको सन्देश विश्वमाझ फैलाउनुका साथै बुद्ध जन्मस्थल लुम्बिनी  र आसपासको पर्यटन क्षेत्र र सञ्चारलाई सँगैसँगै अगाडि बढाउँदा लाभ उठाउन सकिन्छ भन्ने सन्देश दिन सञ्चार यात्राको आयोजना गरिएको लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले बताए ।

 ‘शान्तिका अनुयायीलाई लुम्बिनी आउन र पदयात्रा गर्न प्रेरित गर्नुका साथै लुम्बिनीबाट विश्वभर शान्तिको सन्देश दिने उद्देश्यले भैरहवादेखि लुम्बिनीसम्म दोस्रो बौद्ध सञ्चार यात्रा गरिएको हो’, उनले भने, ‘यसले यस क्षेत्रको पर्यटकीय विकास र लुम्बिनीको प्रर्बद्धन लागि सञ्चार क्षेत्रले महत्त्वपूर्ण योगदान गर्न सक्छ भन्ने सन्देश पनि  दिएको छ ।’ बौद्ध सञ्चार यात्राको आयोजनाले स्थानीय, प्रदेश, राष्ट्रिय स्तरमा मात्रै नभई अन्तर्राष्ट्रिय क्षेत्रमा पनि शान्तिको सन्देश फैलाउन र पर्यटन पबर्द्धनमा टेवा पुगेको  समेत उनले बताए ।

pad-2
विश्वका मानिसहरूमा शान्ति, करुणा र मानवता हराउँदै गएको समयमा कलमजीविहरुले पनि समाजमा सकारात्मक ऊर्जा प्रभावका लागि यो यात्रा गरिएको क्लबका उपाध्यक्ष तथा कार्यक्रम संयोजक दीपक घिमिरेले जानकारी गराए । उनले बुद्धले दिएका सकारात्मक सन्देशलाई सबैले अनुसरण गर्न सके जीवनमा ठुलो परिवर्तन आउने बताए । 

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले भैरहवादेखि बुद्धको जन्मस्थल लुम्बिनीसम्मको यात्राले सकारात्मक ऊर्जा पैदा गरेको बताए । पैदलै यात्रा गरेर लुम्बिनी सम्मान पुगेका प्रमुख जिल्ला अधिकारी घिमिरेले २४ किमीको दुरीको यात्राले शरीरमा थकान आए पनि मनमा थप ऊर्जा पैदा भएको बताए । ‘पदयात्राले सकारात्मक ऊर्जासँगै बुद्ध जन्मस्थल लुम्बिनीका बारेमा प्रचार–प्रसार गर्न मद्दत गरेको छ’, उनले भने । सञ्चार यात्रा गर्दा दुःख कष्ट भए पनि मायादेवी मन्दिर प्रवेश गर्दा आध्यात्मिक ऊर्जा पलाएर गजबको शान्तिको अनुभूतिले सबै दुःख पीडा हराएर गएको उनले बताए ।

pad-3

लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बुद्धले गृह त्याग गरेदेखि हिँडेर जीवन बिताएको उल्लेख गर्दै त्यही बेलाको सन्देश बोकेर सञ्चारकर्मीहरूले पैदल यात्रा आयोजना गरेकोमा धन्यवाद दिए । उनले बौद्ध सञ्चार यात्राले लुम्बिनी र शान्तिको सन्देशबारे सकारात्मक सन्देश दिएको समेत बताए ।

बिहान ७ः२० बजे भैरहवाको लुम्बिनी गेटबाट सुरु भएको  पदयात्रा १२ः०५ मा लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा पुगेको थियो । सहभागी पदयात्रीलाई मायादेवी मन्दिरमा  भिक्षु श्रीबजिरले १० मिनेट ध्यान समेत गराएका थिए । लुम्बिनी पुगेका सञ्चारकर्मी लगायतको टिमलाई लुम्बिनी विकास कोषका तर्फबाट सदस्य सचिव सानुराजा शाक्यले स्वागत गरेका थिए ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।