ताजा अपडेट »

गुल्मीको चन्द्रकोटमा स्कुटर दुर्घटनामा परेर दुई युवकको मृत्यु

विहीबार, ११ पुस २०८१, २१ : २६
210 Shares
विहीबार, ११ पुस २०८१
210 Shares

बुटवल। गुल्मीको चन्द्रकोट गाउँपालिकामा स्कुटर दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । गुल्मीको मजुवाबाट चोरकाटेतर्फ जाने क्रममा लु १७ प १६४४ नम्बरको स्कुटी चन्द्रकोट–७ च्यूरेनी भीरमा बिहीबार भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शंकर पोखरेलका अनुसार दुर्घटनामा चन्द्रकोट गाउँपालिका–६ हरेवाका ३८ वर्षीय किरणबहादुर थापा र ३२ वर्षका विनोद सुनारको मृत्यु भएको हो ।

दुर्घटनामा स्कुटर सडकदेखि ५० मिटर तल बडिघाट खोलामा खसेको चन्द्रकोटका अध्यक्ष युवराज खत्रीले बताए । पालिका अध्यक्ष खत्रीसहित स्थानीयले तत्काल उद्धार गरेर खैरनीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पु¥याए पनि डाक्टरले दुवै जनालाई मृत घोषणा गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।