ताजा अपडेट »

बुटवल मेलामा दर्शकको भिडभाड, दुबइर्को फिस वाटर टनेल बन्यो आकर्षणको केन्द्र

विहीबार, ११ पुस २०८१, २१ : ०२
1.93K Shares
विहीबार, ११ पुस २०८१
1.93K Shares

बुटवल । लगानीलुम्बिनीमा ,समृद्धि देशमा भन्ने नारा सहित शुरु भएको बुटवल औद्योगिक व्यापार मेलामा दर्शकहरुको उल्लेख्य सहभागिता भएको छ । पुस ३ गतेबाट शुरु भएको मेलामा ५ सय बढि स्टल , वालउद्यान सहित राष्ट्रिय तथा स्थानिय कालाकारहरुले बुटवलको मेलामा दर्शक तानिरहेको छ ।

त्यस्तै ,बुटवल औद्योगिक व्यापार मेलाको प्रमुख आकर्षण बनेको छ, फिस टनेल । दबईमा रहेको समुन्द्र मुनी रहेको टनेलको झल्को दिने गरी बनाइएको फिस टनेल अहिले मेलाको प्रमुख आकर्षण बन्न पुगेको हो । औषत अन्य स्थानको तुलनामा विगतदेखीनै बुटवलको मेलामा धेरैको आकर्षणनै हुने गरेको छ ।

कृषि, सेवा, हस्तकला, ईलेक्ट्रिक एण्ड ईलेक्ट्रोनिक्स, व्यूटि, गार्मेन्ट, जुत्ता, एफएमसिजी (फूड एण्ड वेभरेज), अटोमोवाईल्स र होटलको छुट्टा छुट्टै १० वटा पेभिलिनरहेको मेलामा औद्योगिक प्रदर्शनी, हस्तकला प्रदर्शनी, कृषिप्रदर्शनी र प्रविधिको प्रदर्शनी तथा विक्रि वितरण, विभिन्न विधामा प्रतियोगितात्मक कार्यक्रम सहित सांस्कृतिक सांगितिक कार्यक्रम भैरहेका छन् । राष्ट्रिय तथा स्थानिय ख्याती प्राप्त कलाकारले बुटवल मेलामा दर्शक तानी रहेको भएपनि अधिकांश मेला पुग्ने सहभागीहरुको आकर्षण फिस टनेल बन्नपुगेको छ बताएका छन ।

मेला हेर्न पुगेका  स्थानिय प्रदिप खनाल, खुसी क्षेत्री र ज्योति शाहीले मेलामा पहिलो पटक ल्याईएको दुबई फिस एक्युरियम तथाफिस टनेल यस पटकको लागिनयां र हेर्न लायक  रहेको बताएका छन ।उनीहरुले दुबईमा हेर्न पाईने फिस टनेल बुटवलको मेलामा हेर्न पाउँदा हर्षित भएको प्रतिक्रिया दिएका छन ।

दुबईको समुद्रमाहुने फिस टनेल बुटवलमा मात्रै नभएर नेपालमै नौलो हो । मेलामा पहिलो पटक ल्याइएको दुबईको समुन्द्रमा मात्रै हेर्न पाइने फिस टनेलको अवलोकन गर्ने र फोटो भिडियो छायाङ्कन गर्नेको घुइचो नै लागेको छ ।

बुटवलको मेलामा ठेकेदार.कम्पनी  नेपाल राजधानी एमुजमेन्ट राईड्स नेपालले बालउद्यान सहितफिस टनेल सञ्चालन गरिरहेको व्यवस्थापक कृष्ण शर्मा पौडेलले बताए  । बुटवलको मेलामा सांगितिककार्यक्रम संगै बाल उद्यानमा समेत उत्तिकै आकर्षण देखिन्छ । मेला स्थल दिउसँको समयमा भन्दा साझ विभिन्न लाईटिङ्गले रोमाञ्चक देखिन्छ ।

मेलाको बालउद्यान सञ्चालन गरिरहेको कम्पनीले मेला अवधिभरका लागि ५ सय बढि स्थानियलाई रोजगारी समेत दिईरहेको छ । यस्तै , प्रत्येक पटक लगाईने बुटवलको मेलालाई केही फरक बनाउने कोशिष गरिदै आइएको बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरि प्रसाद अर्यालको कथन छ। यस पटक विगतभन्दा केही पृथक र व्यवस्थित तरिकाले बुटवलको स्थायी प्रदर्शनी स्थल बुटवल मण्डपमा मेला लगाईएको हो ।

२०४१ सालमा उपत्यका बाहिर पहिलो पटक बुटवलमा औद्योगिक प्रदर्शनी गरेको बुटवल उद्योग वाणिज्य संघले आयोजना गरेको यो २४ औं संस्करणको औद्योगिक व्यापार मेलाहो । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको संरक्षकत्वमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बुटवल मण्डपमा औद्योगिक व्यापार मेला बुटवल–२०८१ चलिरहेको छ ।

१६ दिनसम्म सञ्चालन हुने मेलामा ५ सय स्टल सहभागि छन् भने ५ लाख बढी दर्शकले अवलोकनगर्ने र मेलाभित्र १५ करोड बढीको कारोवार हुने अनुमान गरिएको छ ।

 

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।