ताजा अपडेट »

लुम्बिनी प्रदेशमै पहिलो युएनभीको शो-रुम बुटवलमा सञ्चालन

विहीबार, ११ पुस २०८१, १४ : ५७
494 Shares
विहीबार, ११ पुस २०८१
494 Shares

बुटवल । लुम्बिनी क्षेत्रका लागि प्रतिष्ठत चिनिया ब्रान्ड युएनभीका  उत्पादनहरू आधिकारीक रूपमा बिक्री गर्ने गरि बुटवलमा नयाँ शो-रुम सञ्चालनमा आएको छ । विगत दुई दशकदेखि बुटवलमा कम्प्युटर हार्डवेर तथा सफटवेयर बिक्री बितरण  गदै आइरहेकाे संस्था बुटवल कम्प्यूटरका संचालक द्वय विष्णु प्रसाद गौतम तथा बाबुराम देवकाेटाले बुटवल कम्यूटरकाे व्यावस्थापनमा युएनभी कम्पनीका सेक्यूरीटी उपकरणाहरू सिसिटिभी क्यामरा, स्मार्ट बोर्ड, युटिपि केबल, मेमोरी लगायतका आईटमहरुको आधिकारीक बिक्री शोरुम संचालनमा ल्याएका हुन ।

4849ad77-b097-4e5f-88c6-d9bceb538d5a

आज एक समारोहका बिच युनिभ्यु डाईरेक्टर स्टेफन टाङले शोरुमको औपचारिक उद्घाटन  गरेका हुन , उद्घाटन गर्दै टाङले पछिल्लो समय नेपालले प्रविधिमा धेरै विकास गरेको बताउदै उनले नेपालका युवाहरुको प्रविधिप्रतिको चासो र मागलाई मध्येनजर गरि कम्पनीले लगानी गरेको बताए । युएनभीका उत्पादकहरु स्मार्ट स्टोरमा उपलब्ध गराउने योजनामा आफुहरु रहेको भन्दै उनले हाल देशका १५० बढी डिलरहरुबाट सेवा दिइदै आएको बताए ।

नेपालको लागि युएनभीको आधिकारीक बिक्रेता भने सामरी आईटी सोलुसन रहेको छ । ईलेक्ट्रिक क्यामरा, मोनिटर लगायतका हार्डवेयर उपकरणाहरू उत्पादन गर्दै आएको यस कम्पनी विश्वमा नै चर्चित र गुणस्तरीयतामा उत्कृष्ट रहेको  बताउदै संचालक गाैतमले  यो बुटवलमा भित्राउन पाउदा धेरै गर्व महशुश गरेको बताए ।

414c5b95-90c3-4d57-bf6d-796073b5949f

भिडियो निगरानी उपकरणकाे उत्पादन र समाधानको एक अग्रणीएवम् विश्व प्रशिद्ध युनिभ्युका क्यामेराहरू सुपथ मुल्यमा बुटवल बजारमा उपलब्ध हुने संचालक विष्णु गाैतमले बताए । विशेष गरि गृह सुरक्षा, व्यापार निगरानी, खुद्रा अनुगमन, ट्राफिक व्यवस्थापन, स्मार्ट शहरकाे सुरक्षा चुनाैतिहरू समाधानमा यो क्यामरा उपयोगी रहेको उनले बताए । युएनभीले सम्भवतः युनिभ्यूलाई जनाउने भन्दै उनले यसका मुख्य विशेषताहरुमा कम प्रकाशमा समेत उच्च-गुणस्तरकाे इमेज र उत्कृष्ट छविको लागि परिचित रहेको बताए । उन्नत प्रविधिका कारण अनुहार पहिचान, वस्तु पत्ता लगाउने र एआई भिडियो विश्लेषण जस्ता सुविधाहरू समेत यसमा समावेश रहेको उनले बताए ।

198087d5-8b33-4ad9-8cba-5a5f4e38c49c

कार्यक्रममा युएनभीका नेपाल च्यानल्स सेल्स म्यानेजर श्रदान अधिकारी, नेशनल डिष्टिब्युटर सेल्स म्यानेजर भरत पौडेलले उत्पादनहरूको फराकिलो दायराको कारण नै बुलेट क्यामेराहरू, डोम क्यामेराहरू, पिटिजेड क्यामेराहरू र थर्मल क्यामेराहरू सहित क्यामेराहरूको विविध उत्पादनहरु विश्वब्यापी माग बढ्दो रहेको बताए ।

युएनभी ग्राहकको आवश्यकता र बजेटमा आधारित समेत रहेको छ । युएनभीका बजारमा पिटिजेड, एआई, नाईट भिजन लगायत विभिन्न प्रकारका गरि न्युनतम ४५०० देखि ५ लाखसम्मका क्यामराहरु उपलब्ध छन । जसमा १ वर्षको वारेन्टी र खरिद पछिको जडान र सेवाहरु उपलब्ध छन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।