ताजा अपडेट »

बुटवलमा शुक्रबारदेखि त्रिपिण्डी श्राद्ध एवं वास्तु विषयक गोष्ठी आयोजना हुँदै

विहीबार, ११ पुस २०८१, १४ : ४५
254 Shares
विहीबार, ११ पुस २०८१
254 Shares

बुटवल । विश्व ज्योतिष महासंघ लुम्बिनी प्रदेश समितिको आयोजनामा रुपन्देहीको नयाँगाउँमा त्रिपिण्डी श्राद्ध एवं वास्तु विषयक गोष्ठी हुने भएको छ । भोली शुक्रबारदेखि २ दिने बृहत गोष्ठी आयोजना गरिने बुटवलमा पत्रकार सम्मेलन जानकारी दिईएको छ । उक्त गोष्ठी त्रिपिण्डी श्राद्ध, वास्तु एवं ज्योतिषसँग सम्बन्धित रहने आयोजक समितिले जनाएको छ ।

धर्मशास्त्र, वास्तु तथा ज्योतिषसँग सम्बन्धित विभिन्न विषयमा देखापरेका विषयवस्तुहरुमा त्यसैसँग सम्बन्धित विज्ञहरुद्वारा कार्यपत्र प्रस्तुत हुने विश्व ज्योतिष महासङ्घ लुम्बिनी प्रदेश समितिका सभापति ज्योतिष जनार्दन न्यौपानेले जानकारी दिए । सो अवसरमा त्रिपिण्डी श्राद्धको औचित्य र विधिको बारेमा नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्राध्यापक डा. देवमणि भट्टराईको प्रस्तुती रहने छ । यसैगरी व्रतबन्ध मुहूर्तका विषयमा हिमाल पञ्चाङगका पञ्चाङगकार प्राध्यापक डा. विश्वनाथ त्रिपाठी, जन्म कुण्डलीमा पितृदोष समस्या र समाधानका विषयमा त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक ज्योतिष दीनानाथ पण्डित, नेपाल ज्योतिष परिषद्का केन्द्रीय सदस्य तथा वास्तुविभागका प्रमुख ई. लक्ष्मीप्रसाद सोतले वास्तु सम्बन्धि कार्यपत्र प्रस्तुत गर्ने न्यौपानेले बताए ।

कार्यक्रमको उद्घाटन एवं आशीर्वचन सन्त शिरोमणि लोकानन्द महाराजबाट हुनेछ भने दुई दिनसम्म सञ्चालन हुने उक्त कार्यक्रम रुपन्देहीको स्वामीनारायण मुक्तिनाथ धाम नयाँगाउँमा रहने ज्योतिष परिषद्का केन्द्रिय उपाध्यक्ष सुन्दर भण्डारीले बताए ।कार्यक्रममा प्रवेश निःशुल्क रहेकोले सबै पण्डित, ज्योतिष तथा धार्मिक क्षेत्रका अगुवाहरु कार्यक्रममा सहभागी हुने महासचिव कमल पौडेलले बताए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।