ताजा अपडेट »

राष्ट्रियसभाले बिजनेस पाउन सकेन : अध्यक्ष दाहाल

विहीबार, ११ पुस २०८१, १३ : २८
16 Shares
विहीबार, ११ पुस २०८१
16 Shares

चितवन । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभाले बिजनेस पाउन नसकेको बताएका छन् । 

यहाँ आज स्थानीय तहका जनप्रनिधि र जिल्लाका विभिन्न कार्यालय प्रमुखहरुसँगको अन्तक्र्रिया कार्यक्रममा अध्यक्ष दाहालले सरकारले सदनलाई बिजनेस दिनुपर्नेमा जोड दिए ।
 
उनले भने, “कानुन निर्माणको काम पनि जनचाहना अनुसार हुन सकेको छैन । बल्लबल्ल बनेका कानुनसमेत थन्किएर बसेका छन् ।” 

आवश्यक ऐन बनाउन नसकिएको अध्यक्ष दाहालले स्वीकार गरे । फरक प्रसङ्गमा उनले स्थानीय तहसँगको समन्वय सम्पर्क र संवादको सबै तहमा कमी भएको अनुभूति भएको बताए । सातै प्रदेशका प्रदेशसभा सदस्य र पालिकासँगको छलफलबाट मात्रै वर्तमान समयमा तीनै तहका  सरकारबीच देखिएका समस्या समाधान गर्न सकिने अध्यक्ष दाहालको भनाइ थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।