बुटवल । भूपी शेरचनको ८९ औं जन्म जयन्तीको अवसरमा भूपी शेरचन स्मृति प्रतिष्ठान बुटवलको आयोजनामा भूपीस्मृति पुस्तकालय बुटवलमा विद्यालय स्तरीय कविता वाचन कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकारका शिक्षा विज्ञ तथा साहित्यकार दलबहादुर गुरुङले कला साहित्यले बालबालिकामा सिर्जनशील प्रतिभाको उजागर गर्ने बताउँदै भूपीको जीवनीलाई नयाँ पुस्तासम्म पुर्याउन प्रतिष्ठानले पहल गर्नुपर्ने बताए । प्रमुख अतिथि गुरुङले साहित्य, कला, खेलकूदका माध्यमबाट भूपीलाई थप उचाइँमा पुराउन सुझाउँदै संस्थाले हरेक वर्ष निरन्तर कविता वाचन कार्यक्रम आयोजना गरेकोमा धन्यवाद ज्ञापन गरे ।
भूपीसंग आफ्नो विगतको अनुभव बताउँदै कार्यक्रममा सहभागी विशेष अतिथि धौलागिरी साहित्य प्रतिष्ठान बाग्लुङका अध्यक्ष काजी रोशनले भूपी स्मृतिमा निरन्तर पुस्तकालय सञ्चालन र विभिन्न कार्यक्रम गर्दैकोमा खुसी व्यक्त गरे ।
प्रतियोगितामा न्यू होराइजन मा वि का विशेषजङ्ग कार्की प्रथम भए । अक्सफोर्ड मा वि का पवन अधिकारी द्वितीय स्थान हासिल गर्दा मणिमुकुन्द मा वि कि अनुषा पौडेलले तृतीय स्थान हासिल गरिन । विभिन्न विद्यालयका कृषम बस्याल, सुस्मिता सुनार र नवकृति डुम्रे सान्त्वना भए ।
विद्यालय स्तरीय सो प्रतियोगितामा रुपन्देही जिल्लाका विभिन्न विद्यालयका २४ जना प्रतियोगि विद्यार्थीको कविताको मुल्यांकन ऋषिराम भुसाल र डा। शालिकराम पौड्यालले गरेका थिए । क्या।शिवप्रसाद शेरचन अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन नेपाल तारा गौचन र प्रमिला शेरचनले संयुक्तरूपमा गरेका थिए ।
प्रतिक्रिया