ताजा अपडेट »

वडाध्यक्ष महतोको निधन

विहीबार, ११ पुस २०८१, ११ : ०७
38 Shares
विहीबार, ११ पुस २०८१
38 Shares

सर्लाही। बसबरिया गाउँपालिका–३ का वडाध्यक्ष नन्दलाल महतोको ६९ वर्षको उमेरमा निधन भएको छ । 
क्यान्सरबाट पीडित उनको उपचारका क्रममा बुधवार राति  भरतपुरस्थित बिपी कोइराला मेमोरियल अस्पतालमा निधन भएको हो । 

बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिंहासन रायका अनुसार महतोको आजै दाहसंस्कार गरिने छ । उहाँ नेपाली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित हुनुभएको थियो । बसबरिया गाउँपालिकाले आज गाउँपालिकामा शोक बिदा भएको जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।