ताजा अपडेट »

नेवा देय् दबू तिलोत्तमाको अध्यक्षमा दिनेश कक्षपति

विहीबार, ११ पुस २०८१, ०९ : ३६
34 Shares
विहीबार, ११ पुस २०८१
34 Shares

तिलोतमा । नेवा देय् दबू तिलोतमा नगर समितिको दोस्रो अधिवेशनले दिनेश कक्षपतिको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । वरिष्ठ उपाध्यक्षमा कृष्णबहादुर श्रेष्ठ, उपाध्यक्षमा नरप्रसाद श्रेष्ठ, महिला उपाध्यक्षमा सुशीला श्रेष्ठ, महिला सचिवमा राधा श्रेष्ठउदय,  सचिवमा दिपेश कुमार अमात्य र कोषाध्यक्षमा प्रकाश श्रेष्ठ निर्वाचित भएका छन् । 

अधिवेशनले २४ सदस्यीय कार्यसििमति चयन गरेको निर्वाचन समितिका संयोजक डा. निरञ्जनलाल कक्षपतिले जानकारी दिए । निर्वाचन संयोजनमा किरण श्रेष्ठ र ओमप्रकाश श्रेष्ठले समेत सहयोग गरेका थिए । अविधेशनको अवसरमा बोल्दै नेवा देय् देवु जिल्ला अध्यक्ष रुद्रप्रसाद श्रेष्ठले नेवा समुदायको एकता तथा परम्पराहरुको संरक्षणमा जोड दिए । नेवा समुदायको सांस्कृतिक पहिचान, परम्परा, र संरक्षणमा उनको जोड थियो । नव नियुक्त अध्यक्ष दिनेश कक्षपतिले नेवा समुदायको सांस्कृतिक धरोहर संरक्षणका लागि युवापुस्ताको संलग्नतालाई प्राथमिकता दिनुपर्ने विषयमा जोड दिँदै नेवा संस्कृति, भाषा, र परम्परागत चाडपर्वको जगेर्ना गर्ने प्रतिबद्धता गरे । 

जिल्ला सचिव नीमप्रसाद श्रेष्ठ, देवदहका अध्यक्ष कुशल श्रेष्ठ, झिगु नेवा पुच  शंकरनगरका वरिष्ठ उपाध्यक्ष तथा प्रदेश सदस्य दुर्गा श्रेष्ठ लगायतले बोल्दै नेवा देय् दबूको महत्व र नेवार समुदायको संस्कृतिको जगेर्नामा जोड दिए । कार्यक्रममा नेवा देय् दबु बुटवलका अध्यक्ष सुन्दर श्रेष्ठ र कोषाध्यक्ष राजु भारी, कञ्चन गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर श्रेष्ठ र तिलोत्तमा नगरमा रहेका खलः पुचका अध्यक्ष र प्रतिनिधिहरूको सहभागिता थियो।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।