ताजा अपडेट »

लघुकथाः महाराजको जय होस्

विहीबार, ११ पुस २०८१, ०७ : ४३
92 Shares
विहीबार, ११ पुस २०८१
92 Shares

उहाँ महान हुनुहुन्छ । अत्यन्त विद्वान, त्रिकालदर्शी अनि चतुरकान्त उहाँका अघि सबै भुसुना । उहाले नजानेको केही छैन, उहाँ नगएको कही छैन ।ओहो, उहाँको जादुमयी बोली ! मैं हूँ भन्ने संसारका एक सय एक नेता र विद्वान् पनि उहाँ का अघि फेल खान्छन् किनकि उहाँ ठूलो दलको ठूलो नेता हो ।विश्वविद्यालयबाट डिग्री, पीएचडी धारन गरेका, बुझेका पठित युवाहरु उहाको लागि झारपात ।

जेलनेल विश्वविद्यालयको योग्यता उहाँको आजीवन कमाई खाने अस्त्र। उहाँमा फलामलाई सुन र सुनलाई फलाम बनाउने अदम्य शक्ति छ । उहाँ महाराज रैतीहरूलाई भन्नुहुन्छ : ,"तिमीहरू हाँस के हाँस, म छु नि ! काम नहुनेलाई काम, माम नहुनेलाई माम,दाम नहुनेलाई दाम,जोरी खोज्नेको ज्यानै तमाम ।

यो भन्दा बढि के चाहियो हं भेडाहरु ? बरु, ८४ को चुनावमा झ्याम की झ्याम मलाई भोट हाल्ने हो, जिताउने हो । मासुभात र टन्न रक्सी खाने मन छ कि छैन ?" यति ठूलो नेताले यत्रो अफर गरेपछि सलाम ठोक्दै भेडाहरुले पनि लय मिलाएरै भन्दिन्छन् " महाराजको जय होस् ।,"

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।