भुवन अर्याल/ हामीले स्कुल पढ्ने बेला सम्म १७-१८ मा राम्रा नानीहरुको बिहे भैसक्थ्यो । भने जस्तो घर केटो आए ९-१० कक्षा पढ्दै छोरी दिने चलन थियो । सबै निर्णयहरु अबिभावककै हुने भए पनि केटा केटी देखाउँने चलन थियो । भने जस्तो घरका केही क्राइटेरिया हुन्थ्यो जस्तो सरकारीजागिर , बृटिससेना, भारतियसेना , काठमान्डौ या अन्य शहरमाघरबास भएको , तराईमाजग्गा भएको आदि अब्बल मानिन्थे ।
धेरै दाजुभाइ , दिदी बैनी नभएको र छोरीलाई घाँस दाउरा , मेलो पंधेरो गर्न नपर्ने र सकेसम्म बिहे पश्चाच लोग्नेसित संग संगै बस्न पाउँने कुरा अतिरिक्त आकर्षण मानिन्थ्यो । प्राय १० कक्षा मा एस.एल.सि दिने बेला सम्म धेरैको बिहे भैसक्थ्यो । स्कुले कक्षामा ५०-६० जना केटा हुँदा मुस्किलले एउटा बेन्चमा केटी हुन्थे ।
कुनै कुनै कक्षामा एक जना मात्र केटी भए पनि सिङ्गो बेन्चमा उनी मात्र हुन्थिन् । केटीको बेन्चमा केटा मिसिएर बस्ने चलन थिएन । व्यापार ब्यवसाय प्राथमिक बिषय थिएनन् । भए पनि नेवारहरु उद्योग व्यापार, थकालीहोटल, सुनार सुन-चाँदीको व्यापारमा संलग्न हुन्थे अरु बाँकी कि जागिर या कृषि पेशामै लागेको पाइन्थ्यो ।
शहरिया बिकृति र सुनसानगाउँघर !
समय फेरियो पचासको दशक पछि मानिसहरु कृषि पेशामा निर्भर रहन छोड्दै गए । गाउँमा एक माना खानेलाई दुई चार अक्षर पढेका र पश्न गर्न सक्नेलाई माओबादी द्वन्दका बेला सामन्त , सुराकी , या पुरननो शत्ताका दलाला भनेर शहरतिर धकेलिदए ।
शहरमा सजिलै बसाई सर्न सक्ने हरु आफै पनि गाउँ असुरक्षित मानेर आफै गाउँबाट शहर पलायन भए । ब्यापारमा सबै जातका मानिसहरु संलग्न हुन थाले भने गाउँका युवा पनि बैदेशिक रोजगारमा विभिन्न मुलुकमा गए । आफूले दुःख पाए पनि छोरा छरीले उचित शिक्षा पाउँन भनेर छोरा छोरी शहर पढाउँनेको लहर चल्यो ।
एकातिर शैक्षिक दलाली मौलायो संग संगै बैदेशिक रोजगारमा गएका दाजुभाईले कमाएको रकम हात पार्न जग्गाको व्यापार ! शहर नजिकका खेती योग्य जमिनहरु सबै टुक्रा पारेर घडेरी बने । गाउँबाठ जाली फटाहा फेरि शहर पसेर तिनै हिजो गाउँका शोषित पिडित बैदेशिक रोजगारमा गएकालाई घडेरीको बल्छि मा पार्न थाले ।
अझ कतिले छ बैदेशिक रोजगारीमा गएका आफ्नै भाइ भतिजाका श्रीमती रमाइलोका साधन पनि बनाए । हुँदा हुँदा बिदेश बाट फर्केर आउँदा बच्चा मावलीमा श्रमती #गरगहना र #सम्पतिलिएर अर्कैशीत टाप कसेका दृष्टान्तहरु पनि बर्गेलती छन् ।
नवधनाड्यको उत्पत्ति
गाँस बाँस कपास मात्र होइन रोजगारी र जातिय एवम साँस्कृतिक अधिकार समेत दिने आश्वासनमा हजारौं ले ज्यान फाले , कति घरबार बिहिन भए , शरिरमा बर्षौं देखि गोलिको छर्रा बोकेर तड्पिने तथा युवा उमेरका छोरा छोरी गुमाएका बेशाहारा बुढाबुढी तथा बाबु आमा मा गुमाउने टुहुरा बालबच्चा युवा भैसके ।
सामन्तका भनेर झण्डा गाड्दै कब्जा गरिएका जग्गाहरु टाठाबाठा कामरेडहरुले घडेरी बनाएर बेचे या ठूला कृषि फर्म , रिसोर्ट होटल आदिमा फेरिए । हिजो सामन्त भनिएकाहरु , गाउँमा विभिन्न किसिमको बदमासि गरेर मुख देखाउन लाज मानेकाहरु ठूला घर गाडी र सुटुबुट तथा नेता कामरेडका संगतले विभिन्न ओहदा ओग्टने भए ।
जनताका हक अधिकार र देश बिकासका कुरा किताबमा लेखिए , रेडियो र टेलेभिजनमा पढिए मात्र । बितेको १०-१५ बर्षमा केही धनिहरु थपिए । दलाली यति मौलायो आफ्नै बाबुसित पनि कमिसन खानु , भान्जा दिदी बैनी ठग्नु पनि सामान्य लाग्न थाल्यो ।
भुटेका मकै भट्ट , कोदो फापरका रोटी जस्ता मौलिक र स्वस्थ्य बर्धक खानेकुरा मम चाउमिन , पिजा बर्गर जस्ता खानेकुराले प्रतिस्थापन गरे । ग्रामिण बस्तिबाट रोजगारि र अवसरको खोजिमा शहर पस्ने र बैदेशिक रोजगारीमा जाने संख्या बढ्दै जाँदा गाउँ बस्ति रित्ता भए । खास गरेर तराईका खेति योग्य जमिन घर घडेरीमा खण्डित हुने र पाहाडका कृषि योग्य जमिन बाँझिएर जंगलमा परिणत हुने अवस्था बढ्दै जाँदा खाद्यान्न आयात पनि बढ्दै गएको छ । नीती निर्माताहरुले कागजि योजना बनाए पनि कृषि उद्पादन बढाउँनेतिर सफलता हासिल भएको छैन ।
केही आधुनिक पशुपालन - माछा , कुखुरा तथा दुघ्दजन्य उत्पादनहरु पनि पशु आहारको परनिर्भरताले आयातनै वृद्धि भैरहेको छ ।अर्कोतिर सिमित मात्रामा छुट्टाइएको कृषि अनुदान तथा सुबिधाहरु टाठा बाठा नेता र कर्मचारीतन्त्रको अतिरिक्त आम्दानीको स्रोत भइरहेको छ ।
कृषिलाई यान्त्रिकरणको खाँचो
गोरु पाल्ने र हलो जोत्नेको संख्या घटे संगै कृषि एक प्रकारले टुहुरो भएको छ । ठूला ठूला कागजी गफ भएपनि राज्यले कृषिलाई हेरेकै छैन । कृषि र कृषकको अकमा भन्दा एक प्रकारले देश राज्यबिहिन नै छ भन्दा फरक पर्दैन । बितेको सात महिनामा विदेश अध्ययन गर्न जाने विद्यार्थिले ४४ अर्ब रकम बिदेशी कलेजहरुमा पठाए यो डरलाग्दो संकेत हो देशको शिक्षा, स्वास्थ्य र रोजगारीको संभावना प्रति युवाहरुको विश्वास निरन्तर घट्दो छ ।
कृषियोग्य जमिनलाई चक्लावान्दी गर्ने , हाते ट्याक्ट्रले होइन ठूला ठूला प्लटहरुमा ठूलै उपकरण प्रयोग गरेर खेति गर्न अत्यन्तै जरुरि भैसक्यो । संगै हरेक कृषि उपजको बजार मूल्य तोक्ने र कृषि उत्पादनको लागत घटाउँन सके स्वत खर्बौंको कृषि जन्य आयात घटाउँन सकिन्छ ।
बालुवै बालुवा भएको अरब मुलुकहरुले गहुं निर्यात गर्ने भैसके हामी भने खेतीयोग्य जमिन थप खण्डिकरण र प्लटिङ गर्न उद्यत छौं । यता पहाडमा गोरु छैनन् ट्याक्टर लग्ने बाटो खन्न थाल्दा जग्गा धनी चिच्याउँछन् । हिजो गाई गोरु हिंड्ने सानो बाटोहरुलाई ट्याक्टर छिर्नेगरि बिस्तार गर्न बाधा छ । बिद्युत बिक्रि गर्नुको सट्टा मल खारखाना खोल्ने , विद्युितय सवारी साधनमा व्यापक रुपमा कर भन्सार कटौति गरेर प्रशस्त चार्जिङ सेण्टरहरु विस्तार गर्ने तथा श्रमिक
युवाहरुलाई कम्तिमा मासिक तीसहजार पारिश्रमिक उपलब्ध गराउँन सके मात्र देशको अर्थतन्त्रले शहि दिशा ग्रहण गर्न सक्छ ।
तर हाम्रो नपुङसक राजनैतिक नेत्रृत्व देश कङ्गाल बनाएर भुँडी भर्न व्यस्त छन् । कृषिजन्य बस्तुको उत्पादन वृद्धि गरि आयात प्रतिस्थापन नै देशको शहि दिशा निर्देश हो । कम्तिमा पेट पाल्न त अरुसंग हात पसार्न नपरोस् !
कोभिड तथा रुस युक्रेन युद्धको दुष्प्रभावबाट कसरी जाेगिने
कोभिड र रुस -युक्रेन युद्धको कारण संसार भर एक प्रकारको आर्थिक मन्दि छ । यसको मारमा खास गरेर शहरिया गरिब र ग्रामिण किसान बर्ग परेको छ । कैयो देशबाट रोजगारीका निमित्त गएका दाजुभाइ फर्केर बेरोजगार बसेकाछन् । यो माहाँमारीबाट एउटा दरिलो पाठ बिदेशमा श्रम बेच्न जाने दाजुभाइहरुले सिक्नु नै पर्दछ ।
श्वदेशमा नगद आम्दानी हुने कपाल काट्ने , ममफसली बेच्ने , कबाड जम्मा गरेर बेच्ने , ठेलामा खाजा तरकारी फलफूलजस्ता काहरु घर घरमा पुर्याएर बेच्ने , माछा बिक्रि गर्ने , भरिएको ट्वाइलेट सफागर्ने देखि , फर्निचर , वेल्डिङ , फल्स सिलिङ जस्ता कार्यहरुमा संलग्न भारतिय कामदारलाई बिस्थापित गर्नु पर्ने छ ।
घर घरमा गएर बोदिएको चक्कु छुरि उदाउँदा या घरमै गएर कपाल काट्ने काम गर्दा किन लाज मान्नु ? काम सानो ठूलो नभनेर देश भित्र श्वरोजगार हुँदा अरुले लैजाने पैसा बचत हुनुका साथै काम गर्ने संस्कार र संस्कृतिको बिकास हुन गई बास्तबमै हामी समृधितिर उन्मुख हुन्छौं । त्यसै गरि देश पशुजन्य उत्पादनबाट आत्म निर्भरता तर्फ उन्मुख हुँदै गइरहेको छ ।
हामीले खाली रहेको जमिनमा जुन ठाउँमा जे हुन्छ जुनेलो , फापर , काउनो , कोदो सखरखण्ड तथा उलब्ध जमिन अनुसारको फलफूल मसला तथा जडिबुटी उत्पादनमा लाग्न ढिलो भैसक्यो । अर्काको देशमा #त्राहीमाम हुनु पर्ने र अफ्ठेरो पर्दा सबैले तिरस्कार नै गर्ने रहेछन् भन्ने कुराबाट शिक्षा लिदै स्वरोजगार तर्फ उन्मुख हौं।
माहाँमारी र आर्थिक मन्दिबाट जोगिन तथा कम्तिमा कृषिमा आत्मनिर्भर हुन आफ्नो गाउँघर फर्कनु पर्ने भए पछि बल बुद्धि र पसिनाले सिंचेर हामी हाम्रा पुर्खाले आर्जेको भूमी पुन गुल्जार गरौं । हिजो अन्न फलाएका खेत वारि पुन खनजोतमा लागौं ।
हामीले अलिकता परिश्रम गरेर आत्म निर्भर हुन सिक्यौं भने माहाँमारी तथा बिश्वको बदलिएको परिस्थिति हाम्रो निमित्त बरदान सावित हुन सक्ने थियो तर दुर्भाग्य सधै अरुको इसारामा चल्ने यो या त्यो नामका कठपुतलिहरु नै शत्तामा छन् । उत्तम खेती , मध्यम व्यापार र अधम नोकरी त्यसै भनिएको हैन ।
प्रतिक्रिया