बुटवल। खेलकूदलाई विद्यालयसँग जोडदै खेलाडी उत्पादन गर्ने उद्देश्य सहित बुटवलमा बिहीबारदेखि क्यानन सेभेन ए साइड इन्टर कलेज फुटबल प्रतियोगिता हुने भएको छ ।
बुटवल–८ सुख्खानगरस्थित क्यानन माध्यामिक विद्यालयको आयोजनामा हुने प्रतियोगितामा रुपन्देही जिल्लाका विद्यालयहरुको सहभागिता रहने छ । विद्यालयले बुधबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो ।
विद्यालयका प्राचार्य शंकर भण्डारीले विद्यालय स्तरमा रहेका क्षमतावान प्रतिभालाई प्रस्फुटन गराउने गरी पहिलो पटक प्रतियोगिता राखिएको बताए । सिद्देश्वरी खेल मैदानमा हुने प्रतियोगितामा २६ टिमका २६० खेलाडीले प्रतियोगितामा भाग लिनेछन । ४ दिन १४ गतेसम्म चल्ने प्रतियोगिताको विजेता टिमले ५० हजार शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन ।
त्यस्तैगरी द्धितीय हुने टिमले ३० हजार शिल्ड, मेडल र प्रमाणपत्र, बेस्ट प्लेयरले २ हजार ५०० मेडल र प्रमाणपत्र, हाइ स्कोररले २ हजार ५०० मेडल र प्रमाणपत्र, बेस्ट गोल रक्षकले २ हजार ५०० मेडल र प्रमाणपत्र र प्रत्येक खेलमा उत्कृष्ट खेलाडीले मेडल र ५५५ प्राप्त गर्ने विद्यालयका प्लस टु संयोजक पवन बस्यालले जानकारी दिए । बिग एजुकेश कन्सलटेन्सी मुख्य प्रायोजक रहेको प्रतियोगिता सम्पन्न गर्न ७ लाख खर्च लाग्ने अनुमान आयोजकको छ ।
प्रतियोगिता बिहान र बेलुका गरी दिनमा ६ खेल खेलाइने छ । ३ हजार ५०० टिम दर्ता शुल्क राखिएको प्रतियोगिताको नगर खेलकूद विकास समितिका संयोजक बोनिन पियाले उद्घाटन गर्ने कार्यक्रम छ । २६ वर्षदेखि रुपन्देहको शैक्षिक संस्थामा आफूलाई उत्कृष्ट बनाउने क्यानन अघि बढेको विद्यालय हो ।
प्रतिक्रिया